nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

अस्पतालका बिरामिलाई दुध अण्डा

मकवानपुरमा रहेर पोल्ट्री क्षेत्रमा आवद्ध रहेका कृषक तथा व्यवसायीले हेटौंडा अस्पतालमा दुध र अण्डा बितरण गरेका छन् । चौथो राष्ट्रिय पोल्ट्री दिवसको अवसर पारेर हेटौंडा अस्पतालमा उपचाररत ३५ जना बिरामिलाई दुध र अण्डा बितरण गरीएको हो ।

मकवानपुर कुखुरा व्यवसायी संघको अगुवाईमा मोटसाईकल ¥याली सहित अस्पताल पुगेको टोलीले अस्पतालका बिरामिलाई स्वास्थय लाभको कामना गर्दै दुध र अण्डा बितरण गरेको हो । आइतबार संघको अगुवाई ‘स्वदेशी उत्पादनको प्रयोग गरौं, राष्ट्रिय अर्थतन्त्र बलियो बनाऔं, कुखुरा पालन गरौं, स्वरोजगार बनौं’ भन्ने नारा राख्दै ¥यालि सहित अस्पताल पुगेको थियो । कार्यक्रममा नेपाल बोइलर कुखुरा व्यवस्थापन संघका केन्द्रिय सचिब सुनिल अधिकारीले स्वास्थ्यका लागि सेतो मासु र अण्डा उपयुक्त भएको भन्दै सबैमा प्रयोगका लागि आग्रह गरेका थिए ।  

 चिकित्सकको सल्लाह अनुसार पनि सेतो मासु ‘ह्वाईट मिट’ खान उयुक्त रहेकाले स्वदेशमै उत्पादन भएको बोइलर कुखुराको मासु र यहिका किसानको मेहनतमा उत्पादन भएको अण्डाको प्रयोगमा जोड दिए । मकवानपुर कुखुरा व्यवसायी संघका अध्यक्ष राजु अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमा उपाध्यष भूमिनन्द गौंतम र महासचिब प्रतिमा श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए ।