nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 8th May, 2024
वि.स.
1000043965-1707579226.jpg

अल्पाईन बैंकको भिमफेदीमा १५ औं शाखा स्थापना

अल्पाइन डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो १५औं शाखा मकवानपुरको भिमफेदीमा विस्तार गरेको छ । जिल्लाको पुरानो सदरमुकाम भिमफेदीमा स्थापना गरेको शाखाको बैंकका संचालक समितिका अध्यक्ष सुदर्शन प्रसाद अधिकारीले १९ माघमा भव्य समारोह बीच उदघाटन गरेका थिए । विगत केहि बर्ष अघि संचालनमा रहेको राष्ट्रिय बाणिज्य बैंक भिमफेदीबाट स्थानान्तरण भए पछि त्यस भेगका जनताहरु बैंकिंङ सेवाबाट बन्चित रहेका थिए । मकवानपुर जिल्लाको हेटौडामा प्रधान कार्यालय रहेको यस डेभलपमेन्ट बैंकले मूलतः बैंक नभएका ग्रामिण क्षेत्रहरुमा आफ्नो शाखा बिस्तार गरि स(साना बचत, कर्जा, रेमिटान्स तथा विभिन्न बैंकिंङ सेवाहरु प्रदान गदैं आएको छ । 

मकवानपुर, चितवन तथा काभ्रे जिल्लामा यस अघि १४ वटा शाखा संचालन गर्दै आएकोमा १९ माघबाट संचालनमा आएको भिमफेदी शाखा समेत १५ वटा शाखा र २ वटा एक्सटेन्सन काउन्टरहरु रहेका छन । बैंकिंङ सेवाबाट बञ्चित भएका भिमफेदीका सरकारी कार्यालय, व्यवसायी तथा सर्वसाधारणहरु अल्पाइनको शाखा स्थापना भएकोमा उत्साहित भएका छन् ।

उदघाटनको पहिलो दिनमै १ सय १५ जनाले खाता खोली रु. ४५ लाख बचत संकलन भएको छ । बैकको २०७३ पौष मसान्त सम्म निक्षेप रु. १ अर्ब ८५ करोड २८ लाख, कर्जा १ अर्ब ६७ करोड ६९ लाख तथा संचालन नाफा रु.५ करोड ५ लाख भएको छ ।     

 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)