Sunday, 6th September, 2026
वि.स.

अब २५ मीटर सडक विस्तार के होला ? 
क्षेत्रीय प्रशासक केसी र सहायक प्रशासक सुवेदीको सरुवा

मकवानपुरको हेटौंडामा सडक २५ मिटर फराकिलो बनाउने अभियानमा प्रमुख भुमिका निर्वाह गरिरहेका मध्यमाञ्चल क्षेत्रीय प्रशासक विनोद केसी र सहायक क्षेत्रीय प्रशासक विश्वप्रकाश सुवेदीको सरुवा भएको छ । 

केसीलाई नेपाल सरकारको मन्त्री परिषदको बैठकले सार्वजनिक खरिद अनुगमन कार्यालय काठमाण्डौको प्रमुखको रुपमा सरुवा गरेकोे छ । सहायक प्रशासक सुवदीलाई अर्थ मन्त्रालयमा सरुवा गरेको हो । बैठकले केसीको सरुवा गर्दै शंकर कोइरालालाई सचिवमा बढुवा गरी मध्यमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय हेटौँडाको प्रमुखको रुपमा नियुक्त गरेको छ ।

हेटौंडामा २५ मिटर सडक फराकिलो बनाउने अभियानले सुरुवात पाएसँगै प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराउनु र केसी तथा सुवेदीको सरुवा हुनुलाई अर्थपुर्ण रुपमा हेरिएको छ । सरुवा भएका केसीले भने–‘ऐन नियम भन्दा माथि कोही हुँदैनन्, सबैले कानून अनुसार नै काम गर्ने हो, जो आए पनि सडक फराकिलो बनाउने कार्यलाई निरन्तरता दिनेछन् ।’
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif