Tuesday, 8th September, 2026
वि.स.

अब थाहानगरबाट चित्लाङ हुँदै थानकोट सरर (हेर्नुहोस् फोटो फिचर)

फोटोहरु: अनिता विष्ट/विकासखबर

पर्यटकीय गाउँ मकवानपुरको थाहा नगरपालिकास्थित चित्लाङलाई थानकोट जोड्ने गणेशमान मार्गमा सवारी आवागमन सुरु भएको छ । चित्लाङबाट जम्मा १२ किलोमीटरको दुरीमा रहेको सो सडक आशिंक रुपमा संचालनमा आएको हो । बन्द रहेको बाटो खुलेसँगै मोटरसाइकल, जीपलगायतका साना सवारी साधनहरु सोही बाटो भएर चित्लाङ-थानकोट गरिरहेका छन् ।

सडक निर्माणको बहानामा निर्माण कम्पनीले बाटो बन्द गरिदिएका कारण ०७४ मंसिरदेखि नै गणेशमान मार्गमा यातयातका साधन सञ्चालनमा आउन सकेको थिएन । जसका कारण स्थानीयले मात्रै नभइ थाहा नगरपालिकाको चित्लाङ घुम्न आउने पर्यटकले समेत घुमाउरो बाटोबाट यात्रा गर्नुपर्दा सास्ती भोग्दै आएका थिए भने चित्लाङमा उत्पादन हुने तरकारी काठमाडौं लैजान समस्या हुँदै आएको थियो ।

चित्लाङदेखि चन्द्रागिरी देउरालीसम्मको बाटो कालोपत्रे गर्न मिल्ने अवस्थामा पुगीसकेको भए पनि देउरालीदेखि थानकोटसम्मको बाटो निर्माणको क्रममा नै छ ।

हेर्नुहोस् फोटो फिचर



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०