nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 9th May, 2024
वि.स.
1000043965-1707579226.jpg

अब खुल्ला (पोके) दुध बेच्न नपाइने

मकवानपुर सदरमुकाम हेटौंडामा ७ वैशाखबाट खुल्ला दुध बिक्री वितरण  गर्न नपाइने भएको छ ।

जिल्ला प्रशासन कार्यलय मकवानपुरमा ६ वैशाखमा बसेको बैठकले खुल्ला पोके दूध बिक्री वितरणमा प्रतिबन्ध गर्ने निर्णय गरेको हो । संघीय सरकारद्वारा जारी दुग्ध तथा दुग्ध जन्य पदार्थको स्वच्छता एवम गुणस्तर सम्बन्धित निर्देशिका–२०७५ हेटौंडामा भने ७ वौखबाट लागू हुने भएको हो । सो निर्देशिका लागू भएपछि बजारमा खुल्ला दुध तथा दुग्धजन्य पदार्थ खुल्ला रुपले बिक्रिबिरतण गर्न पाइने छैन ।

किसानलाई कम मुल्य दिएर उपभोक्तालाई बढी मुल्यमा बेच्ने र बिचको रकम बिचौलियाले खाने गरेको खबर सञ्चार माध्यममा आएपछि प्रशासनले यसबारे चासो देखाएको हो । मकवानपुरको हकमा खुल्ला दूध सिधै किसानबाट खरिद गरेर खान सकिने तर किसानबाट खरिद गरि पुनः बिक्रीवितरण गर्न भने पाइने छैन । 

अब डेरिले पास्चराईजिङ्ग, प्याकेजिङ्ग गरी उत्पादनमिति, ब्याच नं।, प्रयोग गरी मिति र मुल्य उल्लेख भएको दूध मात्र बेच्न पाउनेछन् ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)