nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 14th May, 2024
वि.स.
1000043965-1707579226.jpg

अध्यक्ष न्यौपानेको नेतृत्वमा व्यवसायीहरु बैंकक जाने

मकवानपुरउद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेको नेतृत्वमा मकवानपुरका पेयपदार्थ बिक्रेताहरुको टोली थाईल्याण्ड जाने भएकोछ । 
मकवानपुरमा रही बरुण वेभरेजद्धारा उत्पादित सामग्रीहरु सन्तोष जनक रुपमा बिक्री वितरण गरेकोले ती व्यवसायीहरुलाई आगामी दिनमा समेत उत्साहजनक रुपमा काम गर्न प्रोत्साहन गर्ने उद्देश्यका साथ क्रिजेश सप्लायर्स र सुरेन सप्लायर्सको प्रायोजनमा साताव्यापी बैंकक भ्रमण गराएको हो ।

उद्योग तथा अधिकृत बिक्रेताले तोकेको सीमा पूरा गरेका आफूसहित १९ जनाको टोलीको नेतृत्व गर्दै अध्यक्ष न्यौपाने बैंकक जान लाग्नु भएको हो । 
संघको कार्यकक्षमा भएको भ्रमण सम्बन्धी छलफलमा न्यौपानेले आफू पनि यस्तै क्षेत्रबाट आएको बताउदै यस्ता भ्रमणले अधिकृत तथा खुद्रा बिक्रेताहरुको मनोबलमा बृद्धि हुने बताउनु भएको थियो । छलफल कार्यक्रममा मदिरा व्यवसायी संघका संस्थापक अध्यक्ष सत्यमा श्रेष्ठ, संघका कासस शान्तिराम धिमाल, आमन्त्रित सदस्य राजेन्द्र लामिछाने, भ्रमण टोलीका सदस्य लगायतको सहभागिता रहेको थियो ।

व्यवसायीको टोली भोलि बिहान बैंकक प्रस्थान गर्नेछ ।
 









Makai-bali-prabardhan-1706086965.jpg
bali-bima-ko-suchana-1701933793.jpg
1000043372-1706361050.jpg