nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 3rd May, 2024
वि.स.
1000043965-1707579226.jpg

“संस्थागत शिक्षा पत्रकारिता पुरस्कार”बाट रेडियो सन्देश पुरस्कृत

सामुदायिक रेडियो रेडियो सन्देश १०६.९ मेगाहर्ज “संस्थागत शिक्षा पत्रकारिता पुरस्कार”बाट पुरस्कृत भएको छ। पत्रकार महासंघ केन्द्रिय कार्यालयमा भएको कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पुरस्कार प्रदान गर्नुभएको हो । शिक्षा मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र र पत्रकार महासंघले संयुक्त रुपमा यो पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ ।

२० हजार राशीको पुरस्कार बाट रेडियो सन्देश हेटौँडासँगै रेडियो मदनपोखरा (पाल्पा), तमोर एफएम (ताप्लेजुङ), रेडियो शारदा (सल्यान), रेडियो जनप्रिय (अछाम) लाई पुरस्कार प्रदान गरिएको छ । यस्तै प्रादेशिक शिक्षा पत्रकारिता प्रोत्साहन पुरस्कारबाट १६ जना पुरस्कृत भएका छन् । यस बर्षको राष्ट्रिय पत्रकारिता पुरस्कार भने नागरिक दैनिकका रुवी रौनियारले प्राप्त गर्नुभएको छ । त्यस्तै प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार ८ जनालाई दिईएको छ ।