Saturday, 27th July, 2024
वि.स.

संघीय राजधानी नै डुबानमा

badhi-ktm-9-696x385-1630975756.jpg

आइतबार मध्यराति काठमाडौं उपत्यकाको आकाशमा गड्याङगुडुङ सुनियो । सामान्यतः मनसुनको समयमा पानी पर्दा यस्तो आवाज सुनिदैन । प्रि–मनसुनमा भने गड्याङगुडुङ हुन्छ ।

तर, अप्रत्यासित रूपमा सुनिएको गड्याङगुडुङसहितको आवाजपछि परेको भारी वर्षाले काठमाडौं उपत्यकाका विभिन्न भागलाई डुबायो । कयौंलाई उद्धार गर्नुपर्ने अवस्था आइलाग्यो ।

त्यसो त मौसम पूर्वानुमान महाशाखाले आइतबार राति र सोमबार काठमाडौं उपत्यकामा भारी वर्षा हुने कुनै जानकारी गराएको थिएन । महाशाखाले यो विषयमा कुनै संकेत पाउन पनि सकेको थिएन । तर, भयो उल्टो । राति साढे २ बजेदेखि बिहान ६ बजेसम्म त्रिभुवन विमानस्थलमा १०५ मिलिमिटर वर्षा मापन हुनेगरी वर्षा भयो । काठमाडौंमा केही घन्टा यति धेरै पानी पर्नु विरलै घटना हो ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको त्रिभुवन विमानस्थल केन्द्रमा आइतबार राति १ बजेदेखि सोमबार साँझसम्मको अवधिमा १२१।६ मिलिमिटर वर्षा भएको रेकर्ड छ । यसलाई मौसमविद्हरू ‘अति भारी’ वर्षा भएको बताउँछन् । मनसुन बाहिरिने समय नजिकिँदै गर्दा सेप्टेम्बर महिनामा यति धेरै वर्षा भएको पहिलोपटक हो ।

‘यसअघि सन् २००८ को सेप्टेम्बर १२ मा ८४।३ मिलिमिटर पानी परेको रेकर्ड छ । गएरातिदेखिको वर्षा रेकर्ड ब्रेक नै हो,’ मौसमविद् निराजन सापकोटाले भने । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार आइतबार राति साढे २ बजेदेखि पानी पर्न थाल्यो, सोमबार बिहानैसम्म पानी परिरह्यो ।

‘राति गड्याङगुडुङ पनि भएको थियो, सामान्यतः मनसुनको बेला पानी पर्दा त्यसरी गड्याङगुडुङ हुँदैन । प्रि–मनसुनमा यस्तो हुन्छ,’ मौसमविद् अर्यालले भने । आखिर कसरी काठमाडौं उपत्यकामा नसोचेको पानी प(यो त रु मौसविद् अर्याल भन्छन्, ‘अहिले बंगालको खाडीको उत्तर–पश्चिम भूभागमा बनेको न्यून चापीय रेखाबाट आएको जलवाष्प र यहाँको स्थानीय वायुको असरले त्यस्तो भएको हो ।’

भारी वर्षा भएसँगै बाग्मती नदीमा जल सतह बढेको थियो । यसबाट नदीछेउका बस्तीहरूमा डुबानमा परे । बल्खुस्थित तरकारी बजारमा पानी पस्यो । बाग्मती कोरिडोरको बाटो पनि डुबानमा प¥यो ।

मौसमविद् अर्यालका अनुसार सोमबार बाग्मती प्रदेशभरि वर्षा भएको थियो । यो समाचार लेख्दा कतिपय ठाउँमा अझै पानी परिरहेको थियो । काठमाडौं उपत्यका मात्र सोमबार बिहानसम्म लुम्बिनी र गण्डकी प्रदेशका पनि अधिकांश ठाउँमा पानी परेको थियो ।

‘कर्णाली र सुदूरपश्चिमबाहेक अरू प्रदेशमा यो प्रणालीको असर देखिन्छ,’ मौसमविद् अर्यालले भने । विरल वर्षापछि आएको बाढीले काठमाडौंमा ३ सय ८२ घर डुबानमा परेका छन् । भारी वर्षाका कारण कुलेश्वर, कालिमाटी तरकारी बजार क्षेत्र, बल्खु, नेपालटार, शंखमूललगायत क्षेत्र डुबानमा परेको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले बाग्मती नदी, विष्णुमती नदीलगायत नदीका किनारा क्षेत्रका बस्ती डुबानमा परेको र मानिसको उद्धार गरिएको बताए ।

छोटो समयमै अत्यधिक वर्षा भएकाले बाढी आएको र केही बस्ती डुबानमा परेको मौसमविद्को भनाइ छ । तर, यो वर्षालाई जल तथा मौसम विज्ञान विभागले अस्वाभाविक मानेको छैन । विभागका निर्देशक सरजुकुमार वैद्यले भने, ‘प्राकृतिक रूपले यो विषम चाहिँ होइन तर, यही कुरा समाचारको विषय बनिरहेको छ ।’

बनेपा पनि डुबानमा
यसैगरी, काभ्रेको बनेपास्थित पुल बजार क्षेत्र डुबानमा परेको छ । गएरातिको वर्षा र बाढीले सोमबार बिहान पुल बजार क्षेत्र डुबानमा परेको हो । वरपरका घर–पसल जलमग्न भएका छन् । पैदलयात्रु र सवारीसाधनसमेत पार गर्न समस्या छ । पुण्यमाता खोलाको बाढीले राति ३ बजेदेखि बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी हरि खतिवडाले जानकारी दिए । इलाका प्रहरी कार्यालय बनेपाको परिसर क्षेत्रसम्मै बाढी पुगेको छ ।

पुण्यमाता खोलाको बाढीले पुल बजार क्षेत्रमा हरेक वर्ष हुने डुबानको समस्या हुन्छ । तर, डुबानको समस्या समाधान नहुँदा यहाँका बासिन्दा समस्यामा पर्दै आएका छन् । पुल बजार क्षेत्रमा साना गाडीहरू डुब्ने गरी पानी जम्मा हुन्छ । त्यो भल पार गर्न पानीको सतह कम नभइन्जेल कुरेर बस्नुपर्ने बाध्यता छ ।

अतिक्रमणको कारण खोला साँघुरो छ । अलि ठूलो पानी पर्नासाथ पानी ओभरफ्लो भएर सडक पूरै ढाक्छ । बनेपा बजारमै गाडी डुबाउने भल पार गर्दै गन्तव्यमा पुग्नुपर्ने बाध्यता हरेक वर्ष आइलाग्छ । तर, यो समस्याको दीर्घकालीन समस्याको समाधान हुन सकेको छैन ।

मनसुन सकिनेबेला वर्षा
सोमबार बिहानपखको समयमा मेघगर्जन र चट्याङसहित पानी परेको थियो । खासगरी मनसुन सुरु हुने बेला र सकिने बेला यस्तो हुन्छ । मौसम प्रणालीमा एक÷दुई दिन ब्रेक भएर नयाँ प्रणाली आउने बेलामा पनि यस्तो हुन्छ । सामान्यतया राति वा बिहानपखको समयमा मेघगर्जन र चट्याङसहित पानी पर्दैन । तर, मौसमी प्रणालीमा आउने विशिष्ट परिस्थितिमा राति वा बिहानपख पनि चट्याङसहित पानी पर्ने मौसमविद्हरू बताउँछन् ।

मौसमविद् निराजन सापकोटाले बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीयस्तरमा विकसित भएको प्रणाली आपसमा मिसिँदा रातिको बेला मेघगर्जन र चट्याङसहित अति भारी वर्षा भएको बताए । काठमाडौं उपत्यकामा दुई÷तीन दिनयता घाम लागेको थियो र गर्मी पनि बढेको थियो । अर्कोतर्फ बंगालको खाडीमा निम्नचापीय क्षेत्र विकसित भएको थियो । यी दुई प्रणाली आपसमा मिसिएपछि अत्यधिक वर्षा भएको मौसमविद्को भनाइ छ ।


बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा दक्षिणपूर्वी भाग हुँदै नेपाल प्रवेश गरेको थियो र लुम्बिनी, गण्डकी र बाग्मती प्रदेशमा केन्द्रित भएको थियो । त्यसैले मौसम विज्ञान विभागले सूचना जारी गरेर ती क्षेत्रमा वर्षा हुने पूर्वसूचना जारी गरेको थियो ।

पूर्वसूचना प्रणाली नहुँदा क्षति बढी
भारी वर्षा सुरु भएपछि मौसम विज्ञान विभागले काठमाडौंका उपत्यकाको तल्लो तटीय क्षेत्रमा एसएमएसमार्फत् जोखिमको सूचना प्रवाह गरेको थियो । तर, सहरी क्षेत्रमा सूचना पठाइएन । जसका कारण विष्णुमती, बाग्मती, इच्छुमती, धोबीखोलालगायतका नदी किनारका बस्ती डुबानमा परे ।

जल तथा मौसम विज्ञान विभागका निर्देशक वैद्य काठमाडौंको सहरी क्षेत्रमा सूचना पठाउने नगरिएको बताउँछन् । गएराति भएको अत्यधिक वर्षालाई अस्वाभाविक पनि नमानेको र सहरी क्षेत्रमा पूर्वसूचना पनि जारी नगरिएको वैद्य बताउँछन् । ‘सहरी डुबानको विषयमा हामीले काठमाडौंमा अहिलेसम्म पूर्वसूचना दिने गरेका छैनौं,’ उनले भने ।

खोलामा आएको ठूलो बाढी काठमाडौंको भित्री भागकै बस्तीमा पस्दा स्थानीयको दैनिकी प्रभावित भएको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार काठमाडौंका विभिन्न स्थानमा ३ सय ८२ घर डुबानमा परे भने १ सय ३८ जनालाई उद्धार गरिएको छ ।

दिउँसो घाम लागेपछि नदी किनारका बासिन्दा आफ्ना सामान सुरक्षित रूपमा राख्न व्यस्त छन् । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सापकोटाका अनुसार मंगलबार पनि वर्षाको सम्भावना छ । राजधानीबाट