nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

‘बाँचेकै छु जसो तसो’ गीतको म्युजिक भिडिओ सार्वजनिक

इलाम, सुम्वेक घर भई हाल रोजगारीको सिलसिलामा दक्षिण(कोरियामा रहेका लिला खतिवडाको शब्दमा ‘बाँचेकै छु जसो तसो’ गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ ।

संगीतकार निर्मल दियालीको संगीत रहेको यस गीतमा गोपाल रसाइलीले संगीत एरेन्ज गरेका छन भने यस वर्षको रेडियो नेपालको आधुनिक गीत प्रतियोगितामा दोस्रो भएका बेनुप छेत्रीको स्वर रहेको छ । विशेष गरी माया, प्रेम, विछोड जस्ता भावनात्मक कुराहरुलाई मार्मिक ढंगले समावेश गीतको भिडिओमा ऋचा थापा, सुमन खतिवडा र अमर दिपलाई अभिनय गराइएको छ ।

कीर्तिपुरको चोभार साथै दरबार मार्ग क्षेत्रका रमणीय स्थानहरुमा छायांकन गरिएको भिडिओमा युवराज वाइवाले निर्देशन गरेका छन् भने उत्सब दाहालको छायांकन रहेको भिडिओलाई विकास दाहालले सम्पादन गरेका छन् । यस गीतको म्युजिक भिडिओलाई सर्जक लिला खतिवडाले आफ्नै युट्युव च्यानल लिला खतिवडाबाट सार्वजनिक गरेका छन् ।

हेर्नुहोस भिडियोः

 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)