nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

१४ वर्षीय किशोरमाथि एकै दिन चार बालिका बलात्कारको आरोप

Rape-1614302137.jpg

१४ वर्षीय एक किशोरले बर्दियाको बाँसगढी नगरपालिकामा एकै दिन चार बालिकालाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ । तीन किशोरबाट भाँडाकुटी खेलिरहेका ८, ६ र ५–५ वर्षका नाबालिका बलात्कृत भएको पीडित पक्षले बताएको छ ।

आरोपित किशोर बर्दियाकै बारबर्दिया नगरपालिकाबाट बाासगढीमा आफन्तकहाँ पाहुना आएका थिए । उनले कसैलाई नभन्न धम्की दिएपछि बालिकाहरुले घटना लुकाएका थिए । तर, घटनामा पीडित एक बालिकाले अभिभावकलाई सबै कुरा बनाएपछि वास्तविकता बाहिरिएको हो ।

उनीहरु फागुन ५ गते विद्यालयबाट फर्किएर खेलिरहेका थिए । ‘बालिकाहरू दिउँसो भाँडाकुटी खेल्दै थिए । पाहुना आएका किशोरले नजिकैको टेलरबाट टालटुली लगेर बालिकाको हात र बाँधे र पालैपालो बलात्कार गरेछन्,’ एक पीडितका बुवाले भने । पीडितहरूको स्वास्थ्य परीक्षण रिपोर्ट आइसकेको छैन ।

पीडित पक्षले इलाका प्रहरी कार्यालयमा उजुरी दिएका छन् । घटना मिलाउन खोजेर हो कि किन अनुसन्धानमा एकदम ढिलासुस्ती भएको पीडितको गुनासो छ ।

- अन्नपूर्ण पोष्ट



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)