nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 5th May, 2024
वि.स.
1000043965-1707579226.jpg

हेटौंडा–१ मा महेश र विष्णुको घरदैलो, किशोर किशोरी देखि बृद्धबृद्धा सम्मको आर्शिवाद

21-8-768x433-1668239036.jpg

  
२६ कार्तिक २०७९, शनिबार 

      हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१ को बिभीन्न टोलमा नेकपा एमालेका उम्मेदवारहरुले आज बिहान घरदैलो कार्यक्रम गरेका छन् । एमालेका तर्फबाट प्रतिनिधीसभा क्षेत्र नम्बर–२ का उम्मेदवार महेश कुमार बर्तौला र क्षेत्र नम्बर–१ को प्रदेशसभा (ख) का उम्मेदवार बिष्णु प्रसाद ढकालले हेटौंडा–१ को बिभीन्न टोलको घरदैलो गर्नु भएको हो ।

घरदैलो कार्यक्रममा दुवै उम्मेदवारलाई मंसिर ४ गतेको चुनावका दिनमा मतदान गरेर जिताउने प्रतिवद्धता टोलवासीहरुले गरेका छन् । घुदैलो अभियानका क्रममा भेटिएका किशोर, किशोरी, युवा पुस्ता र बृद्धबृद्धाहरु सम्मले आसा लाग्दा उम्मेदवार बर्तौला र ढकाल रहेकाले मतदान गर्ने वताएका हुन् ।

हेटौंडा १ को चौकिटोल, चाइनाक्वाटर, बजार क्षेत्र, सहकारी अस्पतालको क्षेत्र लगायतका बिभीन्न टोलमा घरघरमा पुगेर आफ्ना पक्षमा मतदान गर्नका लागि उम्मेदवारहरुले आग्रह गरेका थिए । पहिले पटक–पटक चुनाव जितेकाहरुले विकासका काममा ध्याननै नदिएकाले अबका दिनहरुमा पनि आफ्ना मतको अवमुल्यन गरेकाले अब जोशिला युवा उम्मेदवारलाई मत दिने स्थानीयले वताएका छन् ।

स्थानीय वासिन्दाहरुले सडक पक्की निर्माण गर्नुपर्ने, रापती खोलाको समस्या वर्षायाममा धेरै भएकाले बाध बाध्नुपर्ने लगायतका कुराहरु उम्मेदवार समक्ष राखेका थिए । दुवै उम्मेदवारहरुले आफुहरुले नागरिकका हरेक समस्यामा पाँच वर्ष सम्म हातेमालो गरेर काम गर्ने वताएका छन् ।

 

 

          



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)