nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

हेटौंडामा अर्को चुनाव: कृष्ण कटुवाल र महेन्द्र राउत भिड्दै

mcci-1513744136.jpg

आगामी पुस १५, १६ र १७ गते मकवानपुर उद्योग वाणिज्य संघ हेटौँडाको ५१ औँ बार्षिक साधारण सभा हेटौँडामा हुँदैछ । उद्योग, बाणिज्य तथा समग्र व्यवसायीहरुको छाता संस्थाको रुपमा रहेको मकवानपुर उद्योग बाणिज्य संघको नेतृत्व समेत परिवर्तन हुने बर्ष भएकाले ५१ औ साधारण सभाका बारेमा अहिले नै गर्मागर्मी बहस र छलफल सुरु भएको छ । अध्यक्षसहित सदस्यहरु सकेसम्म निर्विरोध, नसके निर्वाचन बिधिबाट चुनिनुपर्ने प्रावधान छ ।

जस अनुसार अध्यक्षको निर्वाचन निकै प्रतिस्पर्धात्मक हुने गर्दछ । यसपटक पनि बर्तमान बरिष्ठ उपाध्यक्ष कृष्ण कटुवाल र महासचिव महेन्द्र राउतबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । एकै कार्य समितिमा रहेपनि फरक धारका व्यवसायी समूहहरुको नेतृत्व कटुवाल र राउत दुबैले गर्दै आइरहेका छन् । अध्यक्ष राजकुमार न्यौपानेको टिममा रहेका राउत र न्यौपानेको बिपक्षीजस्तो भूमिकामा रहेका कटुवाल दुबै शसक्त उम्मेदवार मानिन्छन् ।

कटुवालले आफू उद्योग, बाणिज्य, एसोसिएट्स सबै क्षेत्रको प्रतिनिधि भएको दाबी गरेका छन् । उनले समग्र उद्योगी, व्यवसायीको हीतका लागि आफ्नो उम्मेदवारी रहेको बताए । यता राउत भने उद्योग बाणिज्य संघको नेतृत्वमा समग्र औद्योगिक विकास, व्यवसायिक हीतका थुप्रै कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने भएकाले आफ्नै नेतृत्वमा मात्र ती सब एजेण्डाहरुले मुर्त रुप लिने दाबी गर्छन् । यसअघि बर्तमान अध्यक्ष राजकुमार न्यौपाने र उपाध्यक्ष कृष्णकुमार गुप्ता अग्रवाल समेत अध्यक्षको प्रत्यासीको रुपमा रहँदै आएका थिए । तर, केहीदिन अघि मात्र पत्रकार सम्मेलन गरी न्यौपाने र अग्रवालले राउतलाई समर्थन गरेपछि राउतको माहौल एकाएक बढ्दै गएको छ । उनी एक कार्यकाल सचिव, एक कार्यकाल महासचिव हुँदै अध्यक्षसम्मको यात्रामा लम्किएका हुन् । कटुवाल पनि चुनावी अभियानलाई गर्मागर्मी बनाउन निकै लागिपरेका छन् । राउतले आफ्नो टिमका सबै उम्मेदवारलाई जिताउनका लागि आग्रह समेत गरेका छन् ।

निर्वाचन परिचालन कमिटी निर्माण गरी टिम तयार गर्ने काम भइरहेको बताइएको छ । खासगरी अघिल्लोपटक ज्योतिरत्न बज्राचार्यलाई पराजित गरी न्यौपानेले नेतृत्व लिएपछि बर्तमान कार्यसमितिलाई एकापक्षले राम्ररी काम गर्न दिएको थिएन । लामो समयसम्म पदाधिकारीहरु समेत चयन गर्न नसकेको कार्यसमितिमा महासचिव राउतसहितका केही पदाधिकारीहरु न्यौपानेपक्षधर थिए । यसपटक पनि कार्यसमितिभित्रै पदाधिकारी र सदस्यहरु बिभाजित भएर कटुवाल र राउत पक्ष भन्दै चुनावी अभियानमा लागेको देखिन्छ ।

-थाहादर्शन साप्ताहिकबाट



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)