DO-1618544727.jpg
Saturday, 17th April, 2021
वि.स.

हयाप्पी बर्थडे तीर्थ दाई  
मोती भुजेल

Moteeaaa-1572671196.jpg

आज भन्दा २१९०२ दिन अघि पहिलो चोटी जन्मीएका तीर्थ श्रेष्ठको जन्म दोस्रो चोटी पनि भएको हो । उनी आफै खुशी साथ व्यक्त गर्दछन् । साथीभाइ जमघटमा खुशीको माहोलमा पिउदै गर्दा नाफाको जीन्दगी भन्न पनि भ्याउँछन उनी । पछिल्लो समय साह«ै खुशी देखिन्छन । विन्ध्यवासिनीमाताको कृपाले होला झनझन तन्नेरी भएको अनुभव सुनाउँछन । तर सधैं खुशी देखिने तीर्थ श्रेष्ठ कहिले काहीं भावुक वनीदिन्छन । प्रसंग पनि त्यस्तै छ । तीर्थ श्रेष्ठ जन्म दिने आमा सँग हुर्किन पाएनन् । राम्रो सँग जन्म दिने आमाको अनुहार पनि देखेनन् भन्दा हुन्छ र त अहिले पनि उनलाइ जन्म दिने आमाको अनुहार कस्तो थियो भन्ने ठ्याक्कै भन्नु प¥यो भने सकस हुन्छ । तर यसको अर्थ यो होइन तीर्थ श्रेष्ठले आमाको मायाको महशुस नै गर्न पाएनन् । वरु उनले त आमाको महत्व, माया,ममता र स्नेह अरुले भन्दा बढी बुझेका छन् । 
आमा हुनु साह«ै असजिलो छ,
पहाड जस्तो 
उचाइमा पुगेर मैदान भैइदिनु पर्ने 
मैदानमा पुगेर उकाली भैइदिनु पर्ने 
आमा हुनु साह«ै असजिलो छ ।
एक दिन वेलुकाको बसाइमा यो कविताको कहानीको चोयो फोए तीर्थ श्रेष्ठले । ‘एकजना महिलाले पोलेको अण्डा छोडाएर खुवाउनु भएको थियो । सानो हुँदाको घटना सम्झिए,मलाइ त्यसरी अण्डा खुवाउने आकृति आमा हो भन्ने कुरा धेरै पछि थाहा पाए ।’                                                   

खासमा तीर्थ श्रेष्ठलाइ जन्मदिने आमालाइ टि।वी। भएको थियो । त्यही कारण उनलाइ मुलघर भन्दा केहीपर सानो घरमा राखीएको थियो । यो कुरा त्यतिवेला तीर्थ श्रेष्ठलाइ थाहा थिएन । केहि समय पछि जन्मदिने आमाको निधन भयो । सानै अवोध वालक थिए आमालाइ कहाँ लगे पत्तै पाएनन् । आमा गुमाए । सामाजीक परिस्थिती र नियतीले तीर्थ श्रेष्ठले आफ्नै वावुको विहे देखे । ‘सौतेनी’ आमा पाए । ‘आमाहरु सौतेनी हुँदैनन् सौतेनीहरु आमा हुँदैनन् ।’ यस्ता भावमा कविता लेखेका तीर्थ श्रेष्ठले खुलेरै कुरा गरे । ‘सौतेनी’ आमा शब्दमा भए पनि उनले व्यवहारमा त्यस्तो कहिल्यै महसुस गर्नुपरेन । उहाँ मेरै आमा हो । मलाइ त आमाको अगाडी त्यो शब्द थपिन्छ भन्ने पनि लाग्दैन,थपिनु पनि हुँदैन । आफुलाइ भाग्यमानी ठान्छन् । वरु मैले त दुई आमाको ममता पाएँ । उनी भन्छन मलाइ कान्छी आमाले पनि त्यतिनै माया गर्नु भयो जति जन्मदिने आमाले गर्छन । कान्छी आमाको त्यही माया र समर्पणमा आमाको कमी हुन दिएनन् । आफ्नो पहिलो कविता सँग्रहमा दुवै आमाको तस्वीर राखेर समर्पण गरे । आमा योगमायाले जन्मदिइन र आमा पूर्णलक्ष्मी जसले संसार चिनाइन । त्यसपछि वल्ल साथी भाइहरुलाइ थाहा भयो तीर्थका दुइ आमा रहेछन भन्ने । तर तीर्थ श्रेष्ठले आमाको वर्णन यसरी गर्न चाहदैनन् । आमा र सौतेनी एकै ठाउँमा जोडीने कुरै होइनन् । जसले सौतेनी व्यवहार गर्छ उसमा मातृत्वनै हुँदैन । जसमा आमा छ,मातृत्व छ त्यसमा सौतेनी हुँदैन । आफुलाइ संसार चिनाउने आमा पूर्णलक्ष्मीले पनि संसार वाट विदा लिएको ३८ बर्ष भैसकेको छ । जतिवेला आमा पूर्णलक्ष्मीको देहवसान भयो तीर्थ श्रेष्ठ तिन दिन सम्म रोए,रोएर आउने भए उनि जिन्दगी भर आमाकै लागी रोइ दिन्थे तर आमा अगाडी हुनुपथ्र्यो । तर संभव थिएन ।   ‘धर्सैधर्साको चक्रव्यूह’मा पनि उनले आमा १,आमा २,आमा ३,आमा ४,आमा ५ भनेर समपर्ण गरेका छन् । ‘धर्सैधर्साको चक्रव्यूहमा बुढी आमा’ मात्रै हैनन् आज संसारका योगी,संन्यासी देखि आम सबै चत्रव्यूमा फसिरहेका छन् ।आगत र अतीतको बीच
आफ्नौ छायासँग भयभीत 
यौटी आमा 
प्रत्येक दिन आफ्नो घरको भित्तामा
यौटा धर्सो कोर्छिन् 
र परदेसिएको छोराको प्रतीक्षामा
दिन काट्छिन्   

तीर्थ श्रेष्ठ

जन्मे देखि मृत्यू पर्यन्तसम्म धर्सैधर्साको चक्रव्यूहमा फसिरहेको छ जीन्दगी । कहिले धर्साहरु सरल र सिधा कोरिन्छन र जीन्दगी सरल लाग्छ , सललल् वग्छ नदि जस्तै । कहिले तिनै धर्साहरु वाङ्गाटिङ्गा हुन्छन र जीन्दगी फेरी लड्वडाउँदै लड्वडाउँदै बर्खाको खहरे झैं बाटो खोज्दै हिड्छ जीन्दगी पनि । र कहिले अजिङ्गर भन्दा पनि लामा लामा बन्छन धर्साहरु र जीन्दगीलाइ नै निल्न खोज्छन । आफ्नै जीन्दगीमा आफै अभिमन्यू बनेर धर्सैधर्साको चक्रव्यूहको जीन्दगी बाट मुक्ती दिलाउन खोज्दा खोज्दै जीन्दगीको धर्सो मेटिन्छ एक दिन स्वाठ्ठ । ‘नभेटिए जाती भन्दाभन्दै’ २०१६ कार्तिक १६ गते सिंहनाथ टोल , वागबजार पोखरामा भेटिए तीर्थ प्रसाद श्रेष्ठ ।\
कालो बादल खसेको  
अन्धकारमा भित्र बसेको 
इश्वर हो कि भिखारी रु
बोल्दछ इश्वर हृदय घुसेको
घर, घर, आँगन चारी
आर्तध्वनिमा बोल्दछ 
करुणामृत दिल भारी ।
माग्दछ भिक्षा इश्वर मेरो 
आँगनमा एक भिखारी ।

१२ वर्षकै उमेरमा लक्ष्मी प्रसाद देवकोटाको भिखारी कविताको अनुकरण गर्दै लेख्न थाले । देवकोटाको भिखारी कविता नपढेको भए सायद कवि हुन्थेनन् कि तीर्थ श्रेष्ठ । देवकोटाको कवितामा जस्तै जीवन दर्शन दिने खालका ‘हिउँमा लेखिएका नामहरु’ जस्ता कविता लेख्छन् उनी । कसैलाइ कसैले यस्तो लेखीनु पर्छ कविता भनेर भन्नेहरुनै गलत ठान्दै आफ्नै मेहेनतले सरल शब्दमा ‘आमा’ जस्ता कविता लेख्छन् तीर्थ श्रेष्ठ । प्राकृतिक विम्वहरुलाई सोचेर एकै सटिकमा कविता लेख्ने तीर्थ श्रेष्ठ कहिले काँही कवितालाई परिस्कृत गर्छन् भने धेरै जसो त्यसै छाडी दिन्छन् । यसो गरेको अल्छी भएर हैन उनी भन्छन् । त्यसै छाडेको ‘लाहुरे फूल म तिम्रो नाम फेर्न चाहन्छु’ जस्तो जीवन दर्शनमा मिल्ने कविता एक सटिकमा रचेका थिए । 
र अनि, अमिताभवच्चनका हरिप फ्यान हुन तीर्थ श्रेष्ठ । उनकै जस्तो हेयर स्टाइल दुवै कान छोपीने गरी कपाल पाल्थे उनी । हाफ स्वीटर भित्र रहेको सेतो सटको ठूलो कल्लर कोटको कल्लरबाट बाहीर निकालेर उस्तै देखिन खोज्थे । अमिताभवच्चनका पिता हरिवंशरायवच्चनको ‘मधुशाला’ कविता पहिले पढेका हुन । पछि अमिताभवच्चनले सो कविता रेकर्ड गराए पछि हरिप फ्यानलाइ झन हरिपै भयो । कन्ठस्तै पारे, अहिले  सुनाउछन वेलावेलामा । थोरै अंश:


मदिरालय जाने को घर से चलता है पीनेवला
किस पथ से जाऊँ रु असमंजस में है वह भोलाभाला 
अलग अलग पथ बतलाते सब पर मैं यह बतलाता हूँ 
राह पकड तू एक चला चल , पा जाएगा मधुशाला ।

यसै भनेको हैन तीर्थ श्रेष्ठ अमिताभवच्चनका हरिप फ्यान हुन भनेर । अर्को कसि । अमिताभवच्चनकै पालाको व्यूटी चश्मा देखि अहिले सम्मको पावरवाला चश्मा सम्म आइ पुग्दा करिब एक दर्जन जति फरक डिजाइनका चश्मा छन तीर्थ श्रेष्ठका ।

तीर्थ श्रेष्ठलाई नचिन्ने सायदै कोही होला । उनी सँग भएका एक दर्जन चश्मा मध्ये कविताको चश्मा लगाउनेहरुले उनलाई एक कविको रुपमा चिन्छन् । संस्कृतिको चश्मा लगाउनेहरुले एक संस्कृतिकर्मीको रुपमा चिन्छन् । राजनैतिक चश्मा लगाउनेहरुले पुरानो कांग्रसी भनेर चिन्छन् । पर्यटनको चश्मा लगाउनेहरुले एक पर्यटक चिन्तक भनेर चिन्छन् । समाजसेवाको चश्मा लगाउनेहरुले एक समाजसेवीको रुपमा चिन्छन् । गृहस्थीको चश्मा लगाएर हेर्नेले एक सफल पति,असल वावु ,प्यारो अजा भनेर चिन्छन् ।  केही पनि चश्मा नलगाई नांगा आँखा हेर्नेहरुले एक सह्रदयी, प्रेमिल र आत्मीय प्यारो दाइ भनेर चिन्छन् । एकपटक कसैले भेटेपछि तीर्थ श्रेष्ठ उसको मन र मष्तिष्कमा सधैंको लागि बास बस्न सफल हुन्छन ।  साहित्यकार तीर्थ श्रेष्ठ । साहित्यकारको रुपमा पनि तीर्थ श्रेष्ठको पाटो आफैमा तारीफयोग्य छ । फणिन्द्र नेपाल, विनय रावलसँग मिलेर उनले शुरु गरेको तरलवादी आन्दोलन नेपाली साहित्यको एक महत्वपूर्ण आन्दोलन हो । जिन्दगीको कुरुक्षेत्रबाट र तीर्थ श्रेष्ठका कविताहरु दुई कविता संग्रह , महाभारतका गीतहरु र जिन्दगीको गोधुलीमा दुई मुक्तक संग्रह, मेरै हिमाल जस्तो एक गिती संग्रह र पाइलाका नीबहरु संयुक्त फोटो कविता संग्रह र धर्सैधर्साको चक्रव्यूह गरी जम्माजम्मी ७ वटा किताबका स्रष्टा हुन् उनी । राष्ट्रिय प्रतिभा पुरस्कार, वाशुशशी स्मृति पुरस्कार , युवा वर्ष मोती पुरस्कार , शिरोमणि पुरस्कार, नेपाल सरकारले अर्पण गरेको प्रबल जनसेवा श्री पदक, भूपी काव्य पुरस्कार लगायतका दर्जनौ पुरस्कार र सम्मानहरुबाट सम्मानित भइसकेकाछन् उनी ।  दोस्रो जन्म २०७० भदौ ३ गते । पुनर्जन्म पाए पछि पनि उनी त्यही पुरानो गुरुङ बस्ती पुगेका छन् । पुगी रहन्छन् । सोनी कंपनीको एस एल आर क्यामरा बोक्छन अनि सोझ्याउँछन लेन्स प्रकृति तिर । अनि लेख्छन् ।  पहाड १, पहाड २,तामागी,पन्चासे,हिमशिखरहरु,लुम्ले,पहाडमा,धम्पुस ओ धम्पुस,ठुलाखर्क,पोथना,लान्द्रुक,मलाइ इलाम हुन मन लाग्यो जस्ता प्राकृतिक कविताहरु । 

तिमीलाइ नभेटेको धेरै दिनभयो 
लाग्छ– आफँैलाइ नभेटेको धेरै दिन भयो          
तिमीलाई नभेटेसम्म 
आफू हुनुको बोध हुँदैन मलाई
तिमीलाइ नदेखेसम्म 
आफू हुनुको अर्थ हुँदैन मलाई                                     
तिम्रो आँखाको ऐनामा नदेखेसम्म         
आफू छु भन्ने विश्वास हुँदैन मलाई ।

आतुर मन लिएर ‘प्रियासँग्र’ भेट्न ‘काँडाहरु’ पन्छाउँदै ‘सम्झनाको एकादेशमा’ पुग्छन ‘आदिम प्रेमी’ बनेर ‘प्रणयको गीत’ गाउँदै । ‘समय’ मिलाएर फेरी आउने बाचा गर्दै ‘प्रेमको पुस्तक’ उपहार दिएर ‘स्पर्शको अभाव’ बोकेर ‘गाँउको आकाश’ हेर्दै फर्किन्छन । 

कुशल साहित्यिक संगठक र कार्यकर्ता । पोखरेली वाङ्मयको इतिहास रच्ने सँस्थाको प्रतिनिधित्व गर्छ–पो।यु।सा।प।ले । पोखरेली युवा सांस्कतिक परिवारलाई पोखरेली युवा सांस्कृतिक बनाउन यसको जगमा उनले वर्षौसम्म सिंचेको पसिना, मेहनत र सोचको ठूलो भूमिका छ । पोखरामा निमार्णाधीन अवस्थामा रहेको सृजना ग्राम पनि तीर्थ श्रेष्ठले देखेको सपना हो । संलग्नताको हिसाबले पोखरेली युवा साँस्कृतिका परिवार, सिर्जनशील कलाकार समुह, भैरव सँस्कृतिक संरक्षण,संगी प्रशिक्षण केन्द्रमा सल्लाहकार , नेपाल बाल संगठकको कास्की अध्यक्ष, नेवा छें कास्कीका उपाध्यक्ष, विन्ध्यवासिनी धार्मिक क्षेक विकास समितिको सचिव , नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव पोखरा बहुमुखी क्याम्पसम्सको सस्थापक सखस्य, कन्या क्याम्पसको सस्थापक सदस्य , विन्ध्यवासिनी संकृत विद्यापीठको संस्थापक सदस्य आदि उनको संलग्नताका फरकफरक तीर्थ स्वरुपाहरु हुन् ।  अक्सर कृम कलरको कुर्ता पाइजामामा विहान,विहान विन्ध्यवासिनी मन्दिरमा भेटिने नै तीर्थ श्रेष्ठ हुन । जीवन दर्शनका पुस्तक उनी आँफु पनि पढ्छन र अरुले पनि पढ्नु पर्छ भनेर मन्दिर परिसरमै पुस्तकालय बनाएका छन । ‘धर्मग्रन्थहरु’ ‘निर्वाणको यात्रा’ ‘यशोधरा इच्छा’ लेख्छन ।  उनका वाङ्गा कुरा सुनेर कुनै अर्कै जस्तो लाग्न सक्छ , किन कि उनी अहिले अष्ठवर्क गिता अध्यन गर्दैछन । वाङ्गो यस अर्थमा लाग्छ । सहि के हो थाहा नपाउनेलाई सहि भन्दा वाङ्गो लाग्न सक्छ । विन्ध्यवासिनी परिसरमै भएको गणेश मन्दिरमा एक सय आठ लड्डु चढाउँदै देश समृद्घि बनोस भन्ने कामना गर्छन ।  नेपाली कवितामा लामो समयदेखि साधनरत कवि तीर्थ श्रेष्ठ जीवन र जगतको भावलाई सरल र सुरुचिपूर्ण शब्दमा कविता बुन्ने सीप भएका मौलिक शिल्पकार हुन । नेपालयले प्रकाशन गरेको ‘धर्सैधर्साको चक्रव्यूह’मा १ सय आठ वटा कविताका लड्डु खाँदै भन्छु  ‘हयाप्पी बर्थडे तीर्थ दाई !’