nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

सन्दर्भ हाल चलिरहेको आन्दोलन: "देश अमर रहे मात्र हामी सार्वभौम हुन्छौ"
मानबहादुर विके

. म त अमेरिका छु, त्यसैले अहिलेको अभियानमा प्रतक्ष संलग्न हुन नपाएकोमा केही महत्वपूर्ण कुरा छुटे जस्तो लाग्दो रहेछ। प्रतेक दिन जसो ठूलो यूवा जमातले देशका विभिन्न ठाऊमा गरेको बन्द, टायर आगजनी र सार्वजनिक यातायात ढप्प पारेको समाचार र त्यसैमा उत्सवजन्य सेल्फी देखेर यहा का मान्छेहरू छक्क पर्दै सोध्छन, हैन यतीका यूवाहरू यति धेरै दिनसम्म समय निकालेर कसरी जम्मा हुन सक्छन? अनि यति धेरै बन्द हुदा पनि खान समस्या हुदैन? तिमीहरू त धनि रहेछौ ? हुन पनि बेस्त यूवाहरू संग पाच मिनेट कुरा गर्न गाह्रो हुने र एक दिन काम नगरे खानपिन को बजेट मै असर पर्ने मध्यम वर्गीय यी विदेशीलाई अनौठो/लोभ लाग्दो देखिए होला, मलाई भने कढा ब्यंग जस्तो लाग्यो ।

. हाम्रो आन्दोलन पपरंपरागत शैली मै रहीरहे, यीनको स्वरूपमा रूपान्तरण को खाचो छ। यसको नेतृत्व पनि यूवाहरूबाट नै हुनु पर्दछ । दूर भविष्य को लाभ आफूले लिन नपाइने भएर होला उमेर ढल्किएकाहरूको दूरदृष्टि हराऊदो रहेछ, जीवन आखिर लाभहानीको हिसाबमा चल्ने त हो, आजको मनोविज्ञान यही हो। यसमा डा केसी जस्तै केही अपवाद भने पक्कै होलान । सर्वसाधारण लाई ठूलो असर नपारीकन डा. केसी ले गरेको आन्दोलन र त्यसको प्रभावकारिता हामी ले देखेकैछौ। त्यस्तो स्वरूपलाई अंगिकार गरी निर्णय कर्ता र निर्णय गर्ने स्थान केन्द्रित आन्दोलन विनास रहित र बढी प्रभावकारी हुदा रहेछन।

३. होईन, मोफसलमा पनि आन्दोलन गर्नु नै पर्ने हो भने पनि बन्द र तोडफोड बिना जुलूस सभासम्मेलन गरौ। बन्द नै गर्नु पर्ने नै अवस्था हो भने पनि त्यसलाई सृजनात्मक बनाऊ। यातायात बन्द को बेला कम्तीमा 2 घन्टा बिरोध कै ब्यानर लिएर बरू कालो पट्टी बेरेर सडक, पार्क, विद्यालय, टोल सरसफाई गरौ, वोटविरूवा लगायौ अनि सभामा सहभागी हौ। टायर बाल्नुको सट्टा त्यसलाई कसैको मर्यादा मा आच नआऊने गरी कलात्मक बनाएर प्रदर्शन गरौ। अनि त्यसलाई ऊपयुक्त ठाऊमा सजाएर राखौ र बन्दलाई स्मरणीय बनाऊ। यस ले बन्द को नोक्सानी को क्षतिपूर्ति त गर्दैन तर ‘बन्दको सृजना’ ले समाजमा विनास हैन संरक्षण भन्ने नया संदेश भने दिन्छ ।


४. सबै भन्दा ठूलो कुरा देश जोगाऊने हो। देश जोगिए मात्र हाम्रो सार्वभौमिकता र स्वतंत्रता जोगिने हो । देश अमर भए संविधान, संघियता परिमार्जन हुदै जाने विषय हुन। यी कुरा एउटै घटनामा एकै पटक मै टुड़्गिने विषय पनि होईनन। न त यी अपरीवर्तनीय नै छन। देश अमर रहन र नागरिक स्वाधिन र स्वतंत्र हुन आर्थिक संवृध्दी नै चाहिदो रहेछ। दिन भरी आन्दोलन गर्यो वेलुका सीमा पारी बजारमा किन मेल गर्न लाईन लाग्यो, बन्द खुल्दा बित्तिकै भारत तथा खाडीमा मजदूरी गर्न जाने को लर्को सीमामा बसेर हेरौ । बन्दले हाम्रा सिमित उत्पादन पनि सढेर जाने, पारीका सामान ओईरिने। यसबाट कसलाई सघाऊ पुगेको छ ? कतै हामी ले नजानिदो गरी पारीको बजार रणनीतीलाई सघाईरहेका त छैनौ? यो पनि सोच्ने विषय हो कि ?


. हामी त्यस्ता मुलुकका स्वाधिन (?) नागरिक हौ जुन देशको आफ्नो एउटा ग्यास बोक्ने गाडी (बुलेट) छैन, एक थोपो इन्धन छैन । २/४ जना पारीका बुलेट चालकहरूले हाम्रो देशैलाई आत्थुआत्थु परेको त मैले भोगेको छु सीमावर्ती जिल्ला मा काम गर्दा । जाति टायर बाले पनि जाति भित्ता ढाले पनि हाम्रो अहिलेको यथार्थता यही हो। तसर्थ आफू, आफ्नो परिवार, समाज र स्थान लाई genuinely संवृध्द बनाऊने कुरा महत्वपूर्ण हो। त्यसको लागि हामी आआफैले मेहनत गर्नु पर्छ । अनि मात्र हामी अमर नेपाल का सारभूतरूपमा स्वाधिन र सार्वभौम नागरिक बन्न सक्छौ। कुनै पनि राजनैतिक/प्रशासनिक संयन्त्र संग स्वत्तै संवृध्द बनाऊने त्यस्तो जादू को छढी छैन ।


६. हाम्रो सार्वभौमिकता र स्वतंत्रता मा छिमेकिले प्रभाव पार्यो भन्ने चिन्ताले यसलाई सडक भरी छताछुल्ल पार्दा कतै अन्तराष्ट्रिय जगतमा हाम्रो मुलुक छिमेकिले नै चलाएको रहेछ भन्ने कुरा स्थापित त भैरहेको छैन ? विदेशी प्रभाव सडक मा ल्याऊने भन्दा पनि महसूस गर्ने कुरा हो विशेषत राष्ट्रीय राजनीति गर्ने र राज्य सत्ता चलाऊनेहरूले । Reactive भन्दा पनि Responsive भएर आफ्नो कूटनीति तय गर्ने कुरा हो। यसो गर्दा तत्काल केही कुरा मा compromise गर्न परे पनि दीर्घकालमा सकारात्मक परिणाम आऊने रणनीति बनाऊने बेला हो। विदेश नीति मा सबै दल एकीकृत भएर राष्ट्रीय धरोहर को रूपमा ऊभिनु पर्ने बेला छ ।

बिशेषत आशाका केन्द्र यूवा हरूको लागि।
जय होस ।

लेखकः डा. विके मकवानपुरका पूर्व प्रमुख जिल्ला अधिकारी हुन् ।