nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 7th May, 2024
वि.स.
1000043965-1707579226.jpg

माझी मोर्चामा बुद्धिमान 

माझी राष्ट्रिय मुक्ति मोर्चा नेपाल मकवानपुरको संयोजकमा बुद्धिमान माझी चयन हुनुभएको छ । ४ फागुनमा छतिवनमा भएको माझी राष्ट्रिय मुक्ति मोर्चा मकवानपुरको भेलाले बुद्धिमान माझीको संयोजकत्वमा २५ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको हो ।

भेलाले यही फागुन १७ गते काठमाडौंमा हुन गइरहेको मोर्चाको राष्ट्रिय सम्मेलनको लागि यस जिल्लाबाट २१ जना प्रतिनिधि पनि छनोट गरेको छ । माझी राष्ट्रिय मुक्ति मोर्चा नेपालका केन्द्रिय सचिवालय सदस्य लक्ष्मी माझीको प्रमुख आतिथ्यतामा भेला भएको हो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता सर्केश घलानको विशेष अतिथ्यता रहेको थियो । 

भेलामा नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय सदस्य परशुराम गौतम, माझी राष्ट्रिय मुक्ति मोर्चा नेपालका केन्द्रिय सदस्य कृष्णबहादुर माझी, नेकपा माओवादी केन्द्र राष्ट्रिय सम्मेलन आयोजक समितिका सल्लाहकार रामहरि गौतम लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । नवगठित समितिलाई बधाई दिँदै कार्यक्रमका वक्ताहरुले माझी समुदायमा सकारात्मक परिवर्तनका लागि भूमिका खेल्न मोर्चाका नेतृत्वलाई सुझाव दिएका थिए ।