nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

माओवादी केन्द्र हेटौंडा नगर कमिटीले तीन नेतासँग स्पष्टीकरण माग्ने

mawobadi-1617344428.jpg

 नेकपा(माओवादी केन्द्र) हेटौंडा नगर कमिटीले प्रतिगमनमा लागेको भन्दै तीन नेतासँग लिखित स्पष्टीकरण सोध्ने भएको छ । माओवादी केन्द्र हेटौंडा नगर कमिटीको बिहीबार बसेको बिस्तारित बैठकले तत्कालिन नेकपाको नगर कमिटी सचिवालय सदस्य दिपक खड्का, नगर सदस्यद्वय शालिकराम ढकाल र उत्सब चौलागाईसँग लिखित स्पष्टीकरण माग्ने निर्णय गरेको हो ।

बैठकले हेटौंडाको १९ वडाको पार्टी इन्चार्ज र अध्यक्ष तोकेको माओवादी केन्द्रका नगर अध्यक्ष तिर्थबहादुर थापा मगरले बताए । उनका अनुसार हेटौंडा उपमहानगरपालिकाको वडा कमिटीहरुको बैठक चैत्र २३ देखी ३१ सम्म गर्ने र पार्टीको मोर्चा तथा जनवर्गीय संगठनहरुको कमिटीलाई पूर्णता दिदै नगरस्तरीय भेला बैशाख पहिलो हप्तामा गर्ने निर्णय गरिएको छ ।

बैठकले माओवादीको जनवर्गीय संगठन अन्तरगतको महिला संगठनको नगर फ्राक्सन इन्चार्जमा चमेली सिञ्जाली र योङ्ग कम्यूनिस्ट लिग९वाइसीएल० नगर संयोजकमा बिरबहादुर गोलेलाई तोकेको छ ।
माओवादी केन्द्रका मकवानपुर अध्यक्ष प्रेमबहादुर पुलामीको प्रमुख अतिथ्य तथा हेटौंडा नगर अध्यक्ष तिर्थबहादुर थापा मगरको अध्यक्षतामा बैठक भएको थियो । कार्यक्रममा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य ललित घलान, जिल्ला सचिवालय सदस्य एवं प्रचार विभाग प्रमुख कमान सिं पाख्रिन, जिल्ला सचिवालय सदस्य एवं हेटौंडा नगर इन्चार्ज विवेक राई, जिल्ला सचिवालय सदस्य प्रमिला पुलामी लगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रममा माओवादीका हेटौंडा नगर कमिटीका सदस्य तथा वडा कमिटीका अध्यक्षहरूले राजनैतिक, बैचारिक र संगठनात्मक प्रतिबेदन पेश गरेका थिए ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)