nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुरमा २० वर्ष पत्रकारिता गरेका र ६० वर्ष उमेर पुगेका जेष्ठ पत्रकारलाई पेन्सन शुरु

fnj-1616463320.jpg

नेपाल पत्रकार महासंघ मकवानपुर साखाले जेष्ठ पत्रकारलाई मासिक रुपमा पेन्सन बितरण गर्ने काम सुरु गरेको छ । महासंघ मकवानपुर साखाले आज पेन्सन बितरण शुभारम्भ कार्यक्रमको आयोजना गर्दै वितरणको काम सुरु गरेको हो । कार्यक्रमका प्रमुख अतिथी हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले नेपाल पत्रकार महासंघ मकवानपुर साखाका पूर्व अध्यक्ष नबराज शर्मालाई पेन्सन वापतको रकम वितरण गर्नुभयो । उहाँले यो पेन्सन कोषमा अरु पनि रकम थप गरिने वताउनुभयो । महासंघको संस्थागत कामका लागि आफुहरु तयार रहेको मेयर महतले वताउनुभयो । नगद रकम दिनका लागि केही कठिनाइ भएपनि फेरी पनि कोष बृद्धी गर्नका लागि सहयोग गरिने उहाँले वताउनुभयो ।

करिब ४० वर्ष सम्म पत्रकारिता गरेर निबृत जिवन बिताइरहनु भएका शर्मालाई चैत महिनाको ४ हजार रुपैयाँ पेन्सन वापत बितरण गरिएको हो । २० वर्ष सम्म पत्रकारितालाई मुख्य पेसा बनाइ ६० वर्ष उमेर पुगेका जेष्ठ पत्रकारका लागि मासिक ४ हजार रुपैयाँका दरले पेन्सन दिन सुरु गरिएको हो । पेन्सन कोषमा १० लाख रुपैयाँ यसअघि हेटौंडा उपमहानगरपालिकाले सहयोग गरेको र अबका दिनहरुमा पनि सहयोगलाई जारी राख्ने मेयर महतले वताउनुभयो ।

पत्रकार महासंघ मकवानपुर साखाले बाणिज्य बैकमा यसअघिनै खोलीएको खातामा दश लाख रुपैयाँ जम्मा गरिएको छ । त्यसबाट व्याज प्राप्त हुन थालेको छ । त्यही व्याजबाट पेन्सन वितरणको काम सुरु गरिएको हो । पत्रकार महासंघका ७७ वटै जिल्लाका साखा, प्रदेश र केन्द्रमा पहिलोपटक महासंघ मकवानपुर साखाले जेष्ठ पत्रकारलाई पेन्सन वितरणको काम सुरु गरेको अध्यक्ष हरि हुमागाईले वताउनुभयो । पेन्सन सम्वन्धी कार्यविधिलाई महासंघको बितेको मंसिर २६ गतेको साधारण सभाले पारित गरेको छ ।

महासंघ मकवानपुर शाखामा आवद्ध हुनुभएका सदस्यहरु मध्ये जेष्ठ सदस्यको वृत्ति बिकास गर्नका लागि पेन्सन दिन सुरु गरिएको हो । लगातार कम्तिमा बीस वर्ष मुख्य पेसा पत्रकारिता गरेर सक्रिय पत्रकारिता छोडी बिश्राम लिइसकेपछी प्राप्त निबेदनका आधारमा पेन्सन रकम दिन सुरु गरिएको अध्यक्ष हमागाईले वताउनुभयो ।

कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष प्रताप विष्ठले नेपालमै पहिलोपटक मकवानपुर महासंघले राम्रो काम गरेको वताउनुभयो । प्रदेश र केन्द्रले पेन्सन कार्यक्रमको सुरुवात गर्न लागेपनि त्यो कार्यान्वयन गर्नका लागि समस्या रहेको वताउनुभयो ।
जेष्ठ पत्रकार पेन्सन कार्यक्रम लागू भएपछी कोषबाट व्यय हुने गरी मासिक रुपमा चार हजार रुपैयाँ प्रदान गरिने र कोषमा रकम बृद्धी भएसंगै पेन्सन रकम पनि बृद्धी गर्ने तयारी छ । तर, कोषमा धेरै रकम जम्मा नहुने र पेन्सन लिने जेष्ठ पत्रकार बृद्धी हुदै गएमा पेन्सन वितरणको रकम पनि घटाउने गरी कार्यबिधी पास गरिएको छ । राज्यबाट उपलब्ध हुने अन्य कुनै सामाजिक सुरक्षा भत्ता वा नेपाल सरकार, प्रदेश सरकार, वा स्थानीय तहबाट कुनैपनि संघ संस्था, गैर सरकारी संस्थाबाट सेवा सुविधा प्राप्त हुने पदमा बहाल रहेको भए मासिक पेन्सन उपलब्ध नगराइने अध्यक्ष हुमागाईले वताउनुभयो ।

जेष्ठ पत्रकार मासिक पेन्सन प्रदान गर्ने प्रयोजनका लागि पेन्सन प्राप्त गर्नेको निबेदन र कागजपत्रका आधारमा सिफारिस गरिने कार्यबिधिमा उल्लेख छ । सिफारिसका लागि पत्रकार महासंघ मकवानपुरको निवर्तमान अध्यक्ष संयोजक, पत्रकार महासंघ मकवानपुर शाखाको पुर्ब अध्यक्षहरु मध्येबाट एक जना सदस्य र पत्रकार महासंघ मकवानपुर साखाको बैठकले सिफारिस गरेका एक जना महिला सहित अरु दुइजना सदस्य राखिने छ ।

मासिक पेन्सन प्राप्त गरिरहेका ज्येष्ठ पत्रकारले अन्य सामाजिक सुरक्षा भत्ता वा सार्बजनिक पदको सुबिधा प्राप्त गरेमा वा मृत्यु भएमा मासिक लगत कट्टा गर्ने प्रयोजनको लागि सोको जानकारी एकाघरको सदस्यले महासंघ मकवानपुर शाखालाई जानकारी दिनुपर्ने नियम वनाइएको छ । मासिक पेन्सन वृत्ति प्राप्त गरिरहेका ज्येष्ठ पत्रकारहरुको मृत्यु वा दोहोरो सुविधा प्राप्त भएको भन्ने उजुरी वा महासंघको जानकारीमा आएमा लगत कट्टा गरिने महासंघ मकवानपुरका सचिब गणेश दर्पण अधिकारीले वताउनुभयो ।

पेन्सन प्राप्त गर्नका लागि पत्रकार महासंघ मकवानपुर शाखाको सदस्य भएको हुनुपर्ने, साठी वर्ष उमेर पुरा भएको हुनुपर्ने, निरन्तर बीस वर्ष पत्रकारीतालाई मुख्य पेसा बनाएर सञ्चार क्षेत्रमा कार्य गरेको हुनुपर्ने, कुनै पनि सरकारी संस्था, गैरसरकारी र कम्पनिमा काम गरेर नियमित सरकारी पेन्सन रकम नलिएको र उक्त संस्थाबाट उमेर हदका कारण उपदान रकम नलिएको हुनुपर्ने र ६० वर्ष उमेरपछी सक्रिय पत्रकारिता छोडेर बिश्राम लिएको हुनुपर्ने उहाँले वताउनुभयो । पेन्सन कोषको सञ्चालन महासंघ मकवानपुर शाखाले विभिन्न सरकारी वा अर्घ सरकारी संस्था, विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय दातृ संस्था, विभिन्न व्यक्ती संघ, सस्था, उद्योग प्रतिष्ठान बाट प्राप्त रकम कोषमा राखिने छ ।

कार्यक्रममा ब्रोकाष्टिङ एसोसीएसन अफ नेपालका उपाध्यक्ष उज्वल चौलागाई, नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष राममणि दाहाल, प्रेस चौतारी बागमती प्रदेशका सहसंयोजक प्रकास दाहाल, प्रेस सेन्टर बागमती प्रदेशका संयोजक सुनिल खड्का, प्रेस चौतारी मकवानपुरका संयोजक धर्मेन्द्र दाहाल लगायतकाको सहभागिता रहेको थियो । पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष कुमार अधिकारी ९पोष्टराज० ले स्वागत गर्नु भएको कार्यक्रम सचिब गणेश दर्पण अधिकारीले सञ्चालन गर्नु भउको थियो । आजैको कार्यक्रममा पत्रकार महासंघ मकवानपुरका कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई अध्यक्ष हुमागाईले मायाँको चिनो दिनु भएको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)