nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुरमा कोरोना संक्रमित बोक्ने एम्बुलेन्स चालकलाई थप प्रोत्साहन भत्ता

ambulance-1603259782.jpg

कोरोना संक्रमितलाई अस्पताल ल्याउने–लैजाने मकवानपुरका एम्बुलेन्स चालकलाई थप प्रोत्साहन भत्ता दिइने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको अध्यक्षतामा बसेको जिल्ला एम्बुलेन्स सञ्चालन तथा समन्वय समितिको बैठकले कोरोनाका बिरामी बोकेबापत थप प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो । 

मकवानपुरबाट काठमाडौं बिरामी लिएर जाने चालकले थप एक हजार रुपैयाँ र चितवन जाने चालकले ५ सय रुपैयाँ साबिकको भाडादरमा थप गरी लिने सक्ने प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए ।

थपिएको प्रोत्साहनबापतको रकम कोरोनाका बिरामी बोकेका एम्बुलेन्स चालकले मात्र लिन पाउनेछन् । साबिककै भाडादर कायम रहने गरी कोरोनाका बिरामी बोकेबापत चालकले थप प्रोत्साहन भत्ता भाडादरमा जोडेर लिन पाउने निर्णय गरिएको हो । मकवानपुरमा ३१ वटा एम्बुलेन्स सञ्चालनमा छन् ।

बैठकको निर्णयअनुसार अब हेटौंडाबाट काठमाडौं ७ हजार ५ सय, चितवनको ३ हजार, वीरगन्जसम्मको २ हजार, हेटौंडा बजार चार किल्लाभित्र ३ सय र नगरबाहिर ३ सयसहित प्रतिकिलोमिटर २५ रुपैयाँ भाडादर निर्धारण गरिएको छ ।कान्तिपुरबाट ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)