nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 18th April, 2024
वि.स.
1000043965-1707579226.jpg

बागमतीमा अविश्वास प्रस्ताव: नेपाल पक्षका सांसदले नाम फिर्ता लिए

DM-1617155057.jpg

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलकाविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका नेकपा एमालेका नेपाल पक्षका सांसदले नाम फिर्ता लिएका छन् । १७ चैत दिउसो ४ बजे नेपाल पक्षका २२ जना सांसदले बागमती प्रदेश सभा सचिवालयलाई पत्र लेखेर अविश्वास प्रस्तावबाट नाम फिर्ता लिएको प्रदेशसभाका सचिब कृष्णहरि खड्काले जानकारी दिए । 

अविस्वासको प्रस्ताव फिर्ता लिए पनि यो कुरा गोप्य रुपमा राखिएको थियो । प्रस्तावब दर्ता गर्दा पत्रकार सम्मेलन मार्फत गरेका नेपाल पक्षका सांसले अविश्वास प्रस्तावबाट नाम फिर्ता लिदा लुसुक्क गएर फिर्ता लिएका हुन् । संसद सचिवालयलाई समेत यो कुरा गोप्य राख्न भनिएको थियो ।

एमालेको माधवकुमार नेपाल पक्षका २२ सांसद र माओवादी केन्द्रका २३ सांसदले संयुक्त रूपमा मुख्यमन्त्रीविरुद्ध १० पुसमा अविश्वास प्रस्ताव दर्ता गराएका थिए । अब नेकपा माओबादीका सांसदले मात्र अविस्वासको प्रस्ताव फिर्ता लिएका छैनन् ।

माधब नेपाल पक्षले अविश्वास प्रस्ताव अगाडि नबढाउने र हस्ताक्षर फिर्ता लिएपछि पौडेल नेतृत्वको सरकारको आयु लम्बिएको छ । अब एमालेकै बहुमत छ । माओबादी र एमालेका नेपाल पक्षका सांसदले मुख्यमन्त्रीका रूपमा नेत्री अष्टलक्ष्मी शाक्यलाई अगाडि सारेको थियो । वाग्मतीमा ५७ सांसद रहेको एमालेको एकल बहुमत छ । वाग्मतीमा सरकार गठनका लागि ५६ मत आवश्यक पर्छ ।

२३ जना सांसद रहेको माओवादी केन्द्रले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । सोमबार काठमाडौंस्थित प्रदेश पार्टी कार्यालय बबरमहलमा बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो । ‘तत्कालीन अवस्थामा अविश्वास प्रस्ताव अगाडि बढ्न सक्दैन । त्यसकारण सरकारलाई दिएको समर्थन तत्काल फिर्ता लिने निर्णय गरेका हौं,’ माओवादी केन्द्रको प्रदेश संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले भने । एमालेकै नेपाल समूहले अविश्वासको प्रस्ताव फिर्ता लिइसकेको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)