Sunday, 26th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

बम गठबन्धनको हेटौंडा ८ को चुनाब प्रचार कार्यालय उद्घाटन
वेतिनीमा वाम गठवन्धनको चुनावी भेला

हेटौंडा ८ कमानेमा बाम गठबन्धनको चुनाब प्रचार प्रसार कार्यालय उद्घाटन गरीएको छ । कार्यालयको निबर्तमान सांसद अनन्त पौडेल र प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उमेद्वार कृष्णप्रसाद दाहालले उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै संसद पौडेलले काँग्रेसको ‘लोकतन्त्र’ राप्रपाको ‘लोकतन्त्र’ एक अर्कालाई लडाउने रहेको बताए । उनीहरुले बामएकताको बिरोध गर्नु नै उनीहरुको उदेश्य नेपाली नेपाली बिच लडाउने नै रहेको     प्रष्ट भएको बताए । त्यसैगरी क्षेत्र नम्बर १ का उमेद्वार दाहालले बामगठबन्धन देखेर काँग्रेस र राप्रपा आत्तिएको बताए । आत्तिएकै कारण अहिले बिभिन्न आरोप प्रत्यारोपमा उत्रिएको बताए । 

कार्यक्रममा नेकपा एमाले प्रदेश सदस्य रामचन्द्र राई, प्रतिनिधि सभा क्षेत्र नम्बर १ प्रदेश सभा ख का उमेद्वार डोरमणी पौडेल, प्रतिनिधि सभा क्षेत्र नम्बर १ का निर्बाचन परीचालन कमिटि सहसंयोजक भिम पाख्रिन, एमालेकी समानुपातिक उमेद्वार जुनेली श्रेष्ठ, क्षेत्र नम्बर १ ख को निर्बाचन परीचालन कमिटिका सहसंयोजक बालकृष्ण चौलागाई, ८ नम्बर वडाका अध्यक्ष गोपाल श्रेष्ठ, बोलबहादुर कार्की, यसोधा उप्रेती, रामबहादुर दुलाल, सन्तोष चौलागाईं लगायत सहभागि थिए । 

वेतिनीमा वाम गठवन्धनको चुनावी भेला

वाग्मतीको वेतिनीमा वाम गठवन्धनको चुनावी भेला सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै क्षेत्र नम्बर १ प्रदेश क का उमेद्वार प्रेमबहादुर पुलामीले सम्बृद्ध मुलुक बनाउन तथा क्षेत्रगत बिकासका लागि बामगठबन्धनको जित आबश्यक रहेको बताए । बामगठबन्धनका बिषयमा अनाबश्यक हल्ला चलाएपनि जतनाले सहि उमेद्वार छान्ने उनको भनाई थियो । कृषी आधुनिकीकरण, सडक स्तरीकरण,ग्रामीण विद्युतिकरण लगायत उज्यालो अभियान वाम गठवन्धनको विजय पश्चात अभियान थालनी गरिने पुलामीको प्रतिबद्धता ब्यक्त गरे ।

वेतिनी चुनाव प्रचार समिति संयोजक क्षेत्र बहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्र नम्बर १ प्रदेश क का निर्वाचन परिचालन संयोजक कमान सिं पाख्रीन, नेकपा एमाले जिल्ला सदस्य मंगल रखाल, माओवादी केन्द्र जिल्ला सदस्य विवेक राई, प्रमिला पुलामी, वाईसीएल अध्यक्ष सुमन पाख्रीन, वेतिनी वडा अध्यक्ष मदन कुमार तुम्छ्याङ मगर लगायतले वोलेका थिए । 

  
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०