Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

फेरि बढ्यो इन्धनको मूल्य

नेपाल आयल निगमले इन्धनको मूल्य पुन: बढाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको जनाउँदै निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १/१ रुपैयाँको दरले बढाएको हो । नयाँ मूल्य लागू भएपछि प्रतिलिटर पेट्रोल १ सय २ रुपैयाँ, डिजेल ८८ रुपैयाँ र मट्टितेल ८८ रुपैयाँ पर्ने निगमका प्रबक्ता बिनितमणी उपाध्यायले बताए । 

‘भारतीय आयल कर्पोरेसन्सले पठाएको मूल्यसुचीअनुसार पेट्रोलमा ३ रुपैयाँ ६५ पैसा, डिजेलमा ३ रुपैयाँ ८२ पैसा र मट्टितेलमा १४ रुपैयाँ २५ पैसा वृद्धि भएको छ,’ उनले भने, ‘मूल्य उच्च बढे पनि साबिक मूल्यमा १ रुपैयाँमात्रै बढाएका छौं । नयाँ मूल्य शुक्रबार राति १२ बजेदेखि नै लागू हुन्छ ।’ निगमले असार १६ गते पेट्रोलमा ५ रुपैया, डिजेलमा २ र मट्टितेलमा २ रुपैयाँ बढाएको थियो । १० दिन नबित्दै पुन: मूल्य बढाएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०