nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

पश्चाताप !  
मुना बस्नेत

Munaaaa-1596462168.jpg

पँधेराबाट गाग्रीमा पानी लिएर घर फर्किदै थिए.... दैलो अगाडि एक पुरुष साधुको भेषमा उभिएको देखेँ । दुवै काखीमा वैशाखीकाे आढेस लाएर एउटा मात्रै खुट्टाको सहाराले उभिएको । एकापट्टी काँधमा भिरेको पँहेलाे झोलाले झण्डै भुइँ छुनै लागेको थियो । एउटा हातमा स्टिलको सानो भाडो अनि अर्को हातमा कगजको सानो टुक्रा, छातीसम्म आइपुग्ने कालो लामो दारी अनि निधारमा चन्दनको त्यो तीन लाइन । परै देखि उ भएको ठाँउसम्म आइपुग्दा यति नियाल्न भ्याएँ की थिए। आफुले आफैलाई मनमनै गाली गरे। 

ओहो ! एउटा मात्रै खुट्टा रहेछ। कति बेला उभिएको होला ? मैले धेरै ढिलो पो गरे कि क्या हो पँधेरोबाट आउनलाई ? भित्रबाट छोराले कराउँदै थियो। ममी भोक लाग्यो । म हतार हतार घर भित्र छिरेँ र, पानीको गाग्रो राख्दै छोरालाई बाबू पख, बाहिर साधु बाबा पर्खिरहनु भएको छ । पहिले उहाँलाई बिदा गर्छु अनि तँलाई खाजा दिउँला भन्दै प्लेटमा एक मुठ्ठी चामल र पचास रुपैयाँ लिएर बाहिर निस्किएँ । माफ गर्नुहोस् बाबा ढिलो भो भन्दै, उसको हातमा भएको त्यो स्टिलको भाँडामा चामल खन्याउन थालेँ ।  चामल खन्याउँदै गर्दा उसले केही नबोली मलाई हेरीरहेको थियो । चामल खन्याइ सकेर म फरक्क फर्केर  भित्र छिर्नै लागेको थिएँ। उसले भन्याे-'सीमा...... ति...मी...?'   । म झसङ्ग भए फरक्क फर्केर उसलाई हेरेँ । कालो दारिले छोपिएको अनुहार उहीँ नै हो भनेर मैले ठम्याउँन सकिन । हे भगवान यो के देख्नु पर्‍यो ? के उ उहीँ नै हो त? यदि हो भने आज बाह्र बर्ष पछाडी उसलाई देख्दै छु तर यस्तो रुपमा ?   नो नेभर ! यो हुनै सक्दैन।

त्यो बार बर्ष अगाडि मैले साथ दिएको भए आज मेरै दैलोमा यो देख्नु पर्ने थिएन। म मनमनै पश्चाताप गरिरहे......उ फर्केर आफ्नो बाटो लाग्यो।

-लघुकथा