nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

परीक्षा लिएर प्रधानाध्यापक छनोट, तोकिएको काम नगरे पाँच हजार जरिवाना

safe_image-1599629822.jpg

पहिलोपटक रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले परीक्षामार्फत विद्यालयको प्रधानाध्यापक छनोट गरेको छ । नगरभित्र रहेका ३७ मध्ये ३० विद्यालयमा  परीक्षामार्फत प्रधानाध्यापक छनोट गरिएको नगरपालिकाका प्रमुख विशाल शर्माले बताए । छनोट भएका प्रधानाध्यापकलाई २६ भदौमा नियुक्ति दिइने भएको छ ।

विद्यालय विकास प्रस्ताव, त्यसको प्रस्तुतीकरण र समूह छलफलका आधारमा प्रधानाध्यापक छनोट गरिएको हो । छनोट भएका प्रधानाध्यापकले तोकिएको काम गर्न नसके पाँच हजार जरिवाना तिनुपर्ने नियम बनाइएको छ । सबै प्रधानाध्यापकसँग पाँच वर्षका लागि करार सम्झौता गरिने नगरप्रमुख शर्माले जानकारी दिए । सम्झौताअनुसार न्यूनतम काम नगरे प्रधानाध्यापकबाट हटाउने बाटो पनि खुला राखिएको छ । छनोट भएका प्रधानाध्यापकले साबिक भत्ताको दुई सय प्रतिशत थप भत्ता पाउनेछन् । राससका अनुसार यसरी छनोट हुनेमा स्थायी, अस्थायी, राहत तथा करारमा नियुक्त भएका शिक्षकसमेत छन् ।

छनोट भएका प्रधानाध्यापकसँग नगरपालिकाले पहिलो चरणमा एक वर्षको करार सम्झौता गर्छ । सम्झौतामा एक महिना, तीन महिना र एक वर्षमा गर्नुपर्ने काम उल्लेख हुनेछ । हरेक एक महिना, तीन महिना र १२ महिनामा गर्नुपर्ने काम नगरेको खण्डमा पदबाट हट्नुपर्ने र पाँच हजार जरिवाना पनि तिर्नुपर्नेछ । विभिन्न मापदण्डका आधारमा नगरपालिकाले प्रधानाध्यापकको मूल्यांकन गर्नेछ । मूल्यांकनमा कम्तीमा ५० अंक ल्याउनुपर्नेछ ।

मूल्यांकनका आधारमा ८० प्रतिशतभन्दा बढी नतिजा ल्याउनेलाई ५० प्रतिशत भत्ता थप हुनेछ । नगर शिक्षा नियमावली– २०७४ को दोस्रो संशोधन, २०७७ अनुसार प्रधानाध्यापक नियुक्तिको प्रक्रिया अघि बढाइएको नगरप्रमुख  शर्माले बताए ।