nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 17th April, 2024
वि.स.
1000043965-1707579226.jpg

नेपाल अनि मजदुर 
उग्रसेन रायमाझी

Ugrasen-1588309623.jpg

सन १८८६ मा अमेरिकाको सिकागो भन्ने शहरमा श्रमिकहरुले आफ्नो हक–अधिकारको माग गर्दै आन्दोलनमा उत्रिएर आफ्नो ठूलो बलिदानी दिए  । त्यसको लगतै फ्रान्सको पेरिसमा सन् १८८९ मा विश्व श्रमिक संगठनले मे १ तारिखलाई मजदुर दिवस अर्थात विश्व श्रमिक दिवस भनेर मनाउन थालियो। यस दिनलाई अन्तराष्ट्रिय श्रम दिवस पनि भन्ने गरिन्छ । 

यसरी नेपालमा चाहिँ ठीक आज भन्दा करिब ५६÷५७ वर्ष देखि मज्दुर दिवस मनाउदै आएको छ । विशेषतः नेपालमा श्रमिकहरुले यस दिन मालिकहरुलाई आफ्नो अधिकारको लागि दबाब दिने कार्यक्रम  गरेर मनाउँछन । नेपालमा जति पटक परिवर्तनका निम्ति आन्दोलन भएका छन् त्यसमा मजदुरहरुले अग्रणी भुमिका निर्वाह गरेका छन। फेरि पनि यत्रो बलिदानी दिने मजदुरहरुको हालत हेर्ने हो भने हातमा लागे शून्य नै छ । नयाँ संविधान त बनेको छ तर संबिधान अनुसार चल्ने को ? मालिकबाट भएको अन्यायको विषयमा बोल्ने फुर्सद कसलाई, बिचरा जीविकोपार्जन गरेर बसेको मजदुरहरुले आफ्नो मालिकको बिषयमा कसरी चोर औंला उठाओस् । अनि रह्यो मज्दुर संगठनको सवाल । के मजदुर संगठनले यो क्रियाकलाप पुर्ण रुपले हल गर्न लागि परेको छ त ? त्यसो भए सम्पुर्ण श्रमिकहरुले ८ घण्टा काम, न्युनतम तलब, वार्षिक छुट्टी वा संविधान अनुसारको अधिकार आदि इत्यादी पाइरहेका छन त ? त्यसैले आज मनाउँदै गरेको मजदुर दिवसमा मजदुरका नेतृत्व गर्नेहरुले ठुलाठुला स्वरमा भाषण मात्र गर्ने हैन आफुले बनाएको धरातल पनि हेर्ने गर्नुपर्छ।

नेपालमा मजदुर संठन बनेर मजदुरको हकहितको निम्ति सांगठनिक काम गर्न थालेको पनि निकै भइसक्यो तर पनि नेपालमा हिजो संगठन नबन्दाको समयमा जस्तो थियो त्यस्तै नै छ । हिजो सामन्तवाद युग थियो मालिकलाई यथासक्दो मजदुरको आवश्यक थियो आजको समय पुँजीवादी छ र समय बिज्ञान प्रविधिसँग निर्भर छ अनि मजदुरको कम आवश्यकता छ । जसरी सामन्तवाद वा दास युगको समयमा मजदुरलाई शासन गर्ने प्रणाली फरक थियो आज विज्ञान प्रविधिको समयमा केही फरक भएको छ।

तर पनि नेपाल जस्तो देशमा मजदुरको हालत हेर्नेको हो भने हिजो सामन्तवादको समय र आजमा केहि फरक छैन । हामी मज्दुर दिवस त मनाउछौ तर कसले मनाउछौ भन्ने कुरा निकै फरक छ । अहिलेको पूँजीवादी समयमा हेर्ने हो भने, नेपालमा विषेश गरि मध्यम वर्गीय परिवारबाट जो कुनै होटेलमा, अलि राम्रो ट्रेड मार्क बोकेको रेष्टुरेन्टमा, कुनै नाम चलेको उद्योगमा आदिमा काम गर्ने मजदुरहरुले मजदुर संगठनद्वारा मजदुर दिवस जोड्दारले मनाउँछन । उनिहरुले आफ्नो हक अधिकारको निम्ति लड्नु वा पाउनु एकदमै सहि पनि हो तर अब सरकारले यहि मजदुरलाई देखाएर वा मज्दुर संगठनले यहि मजदुरलाई देखाएर हक अधिकार सु–सम्पन्न बनाको छु भन्न मिल्छ त ? मुठ्ठिभरको मजदुरलाई देखाएर मजदुर संगठनले व सरकारले मुखमा बुजो हालेर बस्न मिल्छ ?

के मज्दुर भनेको ती होइनन जो बिहान बेलुकाको छाक टार्न कै निम्ति आफ्नै मजदुरीुँग निर्भर हुन्छन । ती मजदुरले पक्कै पनि मजदुर दिवसमा भाग लिन जाँदै जादैनन किन भने त्यो दिन काम नगरिकन मजदुर दिवस मनाउन वा कुनै सभा वा ¥यालीमा भाग लिन गएमा उनिहरुको त्यो दिन चुलोमा आगो बल्दैन त्यसैले देश बिकास छ कि छैन अनि मजदुरको जिवनमा के कत्तिको सकरात्मक परिवर्तन आएको छ कि छैन भनेर सांगठनिक ओहोदामा जीवन बिताइ रहेकालाई हेरेर मुल्यांकन गर्नु भन्दा त्यो सामन्तवादकै समयमा जस्तो मजुरी गरेका मजदुरहरुलाई नि हेर्नू आवश्यक छ।