nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

निजि स्कुलका शिक्षकहरु बाच्नु पर्दैन र ?

Untitled-1-1599275768.jpg
  • लेखक: बिष्णु गौतम

कोरोना महामारीले संसार नै आतंकित बनेका बेला आम शिक्षक पनि यसको चपेटामा छन् । अब विशेषगरी निजी संस्थामा आबद्ध शिक्षकमा देखिएका समस्यालाई कसरी हटाउन सकिएला भन्ने विषयमा गम्भीर हुने बेला आएको छ । बिहान ट्युसन ,दिउस स्कुलकै कलास ,साझ होस्टेलका कलास,राती घरमा भोलिको लागि तयारी ,अनि शनिबार कहिले रिजल्ट बाड्ने,कहिले शिक्षक मिटिंङ्ग,कहिले अभिभावक सङ मिटिंङ्ग यसरी दिन रात नखट्ने हो भने निजिमा पढाउने शिक्षक ले आफ्नो परिवार पाल्न सक्दैन भने विगत छ महिनादेखि शिक्षण संस्था बन्द रहँदा पठनपाठन त हुन सकेको छैन, नियमित रूपमा पारिश्रमिक नआएको अवस्थामा लाखौँको संख्यामा रहेका शिक्षकको दैनिक जीवनमा बाधा–व्यवधान देखिनु सामान्य बनेको छ ।

परिस्थिति सामान्य भएका बेला त राम्रो सम्मान पाउन नसकेका निजी संस्थामा काम गर्ने शिक्षकको अहिलेको जनजीवन झन् बढी कष्टकर बनेको छ अहिले धेरै जसो शिक्षक हरुले कतै बाट पनि तलब नपाउदा शहरमा भाडामा बस्ने शिक्षकहरुले कसरी खानु भएको छ होला रुकसरी भाडा तिर्नु भएको छ होला रुघरबेटी कच कच गर्छ होला,श्रीमती कन कन गर्छिन होला,छोरा छोरिले अनेक थरी माग्छन ,उल्टो कतिलेत यलष्लिभ पढाउन पठाएर नया मोबाइल,नया ल्यापटप किन्नु पर्यो होला,इन्टरनेट जोड्नु पर्यो होला ।न अहिले छ न भबिस्यको ठेगान भयो।आफ्नो सम्पुर्ण समय त्यही संस्थामा गयो अहिले अप्ठ्यारो अवस्थामा कानमा तेल हालेर बसेका छन,न तलब छ न सोधखोज छ ।

हुनत इस्कुलवाला हरुलाई पनि गाह्रो छ होला तर गाह्रो भयो भन्दैमा नैतिकतानै गुमाउने,धर्म नसम्झिने,म खाउ मै लाउ सुखसयल वा मोज म गरु भन्ने तरिकाले चल्ने,समस्याको समाधान तिर नलाग्ने , नेपालमा सञ्चालनमा आएका केही संस्थाले आर्थिक अभाव देखाएर ‘नो वर्क नो पे’, ‘बेतलबी बिदा’ आदि बहानामा शिक्षकलाई बिदा गरेको खबर आउन थालेका छन् । विषम परिस्थितिमा आफूले काम गरेको संस्थाबाट यस्तो किसिमको व्यवहार हुनुले आम शिक्षकमा फरक किसिमको मनोवैज्ञानिक असर देखिन थालेका हुन् । कालान्तरमा यसको प्रत्यक्ष असर ती र त्यस्तै संस्थामा पर्ने निश्चित प्रायः छ ।

ज्ञान दिने गुरुको महिमालाई संस्कृत भाषामा ‘गुरुर्विष्णुः गुरूर्देवो महेश्वरः, गुरुः साक्षात परब्रह्म तस्मै श्री गुरुवे नमः’ जस्ता श्लोकमा उल्लेख गरिए पनि केही निजी संस्थाले शिक्षकलाई ‘चाँहिदाको भाँडो, नचाहिँदाको ठाँडो’ जस्तै व्यवहार गरेका छन् उल्टो शिक्षकहरुलाइ निकाल्ने गर्नु भनेको त मानवता नै गुमाउनु हो।धेरै जसो स्कुलहरुले तिनै शिक्षक हरुले पढाइदिएर घर घडेरी किनेका छन,भवन बनाएका छन अहिले केही महिना शुल्क उठाउन नपाएर शिक्षकहरुको जीवन प्रती पुरै बेवास्ता गर्ने गर्न कत्तिको सुहाउछ रुउता सरकारले शर्प पाल्न भन्दै करोडौ दिन सक्ने,शिक्षकहरुको जीवन रक्क्षाको बारेमा सोच्दा पनि नसोच्ने यस्तो अवस्थामा शिक्षक हरु ज्युने कसरी रुछमता हुदाहुदै पनि इस्कुलकै ब्यस्तताले गर्दा न बिदेश सोच्न पाए,न सरकारी तिर सोच्न पाए न आफ्नो केही गर्न लागे त्यही इस्कुलहरुमा झुन्डिएर बस्नाले आज यो परिस्थिती आएको छ।यी निजि इस्कुलहरुमा न कुनै नियम छ ,न कुनै कानुन छ,न कुनै कथकतझ छ, आज आइज भोलि न आइज फुटपाथका पसल जस्तो।शिक्षक हेपिनु भनेको शरिरको मस्तिष्क हेपिए जस्तै हो त्याहाको शिक्षा अपांग हुन्छ ।

परिस्थिती बदलिने छ,समय फेरि आउने छ अहिले दुख गरेरै भए पनि चल्न सक्नु पर्दछ ।नेपालम अब शिक्षामा क्रान्ती हुनु जरुरु छ ।शिक्षा बिद्यार्थी र शिक्षक मुखी हुन जरुरी छ व्यापारी मुखी होइन।अब शिक्षकहरु यस्ताको भर परेर बस्नु हुदैन आफै केही शुरुवात गर्नु पर्दछ र आफू माथी भएको अन्याय,दमन र शोसणको बिरुद्ध आवाज उठाउनु पर्दछ डराउनु हुदैन अरु सबैको जीवन चलेको छ भने हाम्रो पनि जिबन चलिहाल्छनी।