Monday, 7th September, 2026
वि.स.

दिनदिनै ~याली, प्रचारप्रसार तीब्र

शैक्षिक तथा धार्मिक महोत्सबको पूर्व सन्ध्यामा आयोजकले प्रचारप्रसारलाई तीब्र बनाएको छ । यस अन्तर्गत  ~यालीसहित महोत्सवमा सहभागी हुन सबैलाई निम्तो गरिएको छ ।  
मकवानपुरको बज्रवाराही उच्च माध्यमिक विद्यालयलाई राष्ट्रकै नमुना समुदायिक विद्यालय बनाउने उद्देश्यले शैक्षिक तथा धार्मिक महोत्सब आयोजना गरिन लागेको हो । यसका लागि जनसहभागिता जुटाउन शनिबार दामनपालुङका चोकचोकमा ~याली निकालेको आयोजकले आइतबार बज्रवाराही, चित्लाङ र मार्खुको विभिन्न स्थानहरुमा मोटरसाइकल ~याली आयोजना गरे ।
आइतबारको ~याली बज्रवाराही सरस्वती बजारबाट सुरु भई चित्लाङको बिसिङखेल , नारायण हिटी, पौवा, कुस्लेचौर भेडाफर्म मार्खु बजार , सिम्लाङ, टौखेल हुदै सरस्वती बजारमा आएर समापन भएको थियो । 
कार्यक्रम बज्रवाराही उच्च मा. वि. पूर्व विद्यार्थी संगठनको आयोजनामा भएका थियो । महोत्सब १५ पौषबाट २२ गते सम्म संचालन हुनेछ ।
–निराजन गोपाली
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०