Saturday, 5th September, 2026
वि.स.

अनलाइनबाटै पठनपाठन गराउन स्वास्थ्य मन्त्रालयको सिफारिस

h-1617954369.jpg

स्कुले बालबालिकामा कोरोनाको जोखिम बढेपछि स्वास्थ्य मन्त्रालयले अनलाइनबाटै पठनपाठन गराउन सिफारिस गरेको छ ।

बालबालिकालाई सङ्क्रमण हुने क्रम बढेपछि  कोभिड(१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र सीसीएमसीलाई अनलाइनबाटै पठनपाठनको व्यवस्था गराउन सिफारिस गरिएको हो ।

नेपालमा अहिले स्कुले बालबालिका र १८ वर्षभन्दा कम उमेरकालाई सङ्क्रमण बढ्दै गएको पाइएको छ । यसअघि यो उमेर समूहमा सङ्क्रमणदर सात दशमलव ४ प्रतिशत रहेकोमा अहिले दोब्बरभन्दा बढीले बढेर १६  प्रतिशत पुगेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

बिहिबार देशभरि तीन सय ३२ जनामा सङ्क्रमण भएको थियो । यसमा १८ वर्षभन्दा मुनिका ५१ जना छन् । यस्तै, स्वास्थ्य मन्त्रालयले २५  जनाभन्दा बढी भेला हुन रोक लगाउन सीसीएमसीलाई सिफारिस गरेको छ । 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif