nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगर विकासको जिम्मा म लिन्छु : मुख्यमन्त्री पौडेल 

DMN-1614131798.jpg

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले थाहा नगरको बिकासको जिम्मा लिने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी नेकपाथाहा नगर विस्तारित भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले जिल्लाको उत्तरीक्षेत्रलाई नगरको रुपमा स्थापित गर्न आफ्नो प्रमुख भुमिका रहेको बताउदै अब यस नगरको बिकासको जिम्मा पनि आफुले लिने प्रतिबद्धता व्यक्त गरे । 

यस्तै सरकारले काम गरेन भनेर आलोचना मात्रै गर्नेसङ्ग सरकारले के-के काम गरेन भनेर प्रतिप्रश्न गर्नुपर्ने बताए । देशमा जुनसुकै माध्यमबाट भएका कामहरु अहिलेको केपी शर्मा ओलिको नेतृत्वको सरकारले गरेको भनी सबैले बुझ्न र बुझाउन जरुरी रहेको बताए ।

नेकपा बागमती प्रदेश कमिटी सचीव खेम लोहनीले देशमा मडारिरहेको कालो बादललाई छिचोल्दै उज्यालो ल्याउन सफल हुने बिश्वास व्यक्त गरे । उनले भने -"हाम्रो काधमा अहिले संगठन निर्माण गर्दै जनतासमक्ष जाने, सरकार विरुद्धको भ्रमहरु चिर्दै जाने र निर्वाचनको माहौल तयार पर्नुपर्ने जिम्मेवारी छ।" यसलाई सबै मिलेर पूरा गर्नुपर्छ । 

यस्तै नेकपा केन्द्रिय सदस्य एवं मकवानपुर इन्चार्ज रामेश्वर रानाले जनताको बिचमा रहेको भुमी सम्बन्धि समस्याको समाधानको लागि सबै जिल्लामा भुमी सम्बन्धि समस्या समाधान आयोगमार्फत जनतालाई भुमिको अधिकार दिलाउन सरकार लागिपरेको बताए ।

केन्द्रिय सदस्य एवं  संविधानसभा सदस्य सुबासचन्द्र ठकुरी, प्रल्हाद लामिछाने र केन्द्रिय सदस्य एवं प्रदेशसभा सदस्य जुनेली श्रेष्ठले प्रधानमन्त्रीलाई संविधानले दिएको अधिकारलाई प्रयोग गरिएको बताए । यो संबैधानिक कदम हो, देशमा अराजकता मच्चाउन चाहने व्यक्तिहरुले भ्रम फैलाउदै प्रधानमन्त्रीको कदम असंबैधानिक भनेर भ्रमित बनाउन खोजिरहेकोले कोहि भ्रमामा नपर्न र जनताको बिचमा जाने कुरालाई सबैले स्वीकार गर्नुपर्नेमा उनीहरुले जोड दिए । देशभर उर्लिएको जनलहर र जनसहभागिताले नै सरकारलाई एककिसिमको जनादेश प्राप्त भैसकेको बताए । ५ बर्षको लागि जनताले म्यान्डेट दिएर पठाएकोमा कामै गर्न नदिएर अस्थिरता फैलाउन लागेपछी जनताले न्याय दिन्छन भनेर संसद विघटन गरि ताजा जनादेश जान खोजिएको नेता लामिछानेको भनाई थियो । नेकपाको मुल पार्टी ओलि नेतृत्वको हो भन्दै उनले पार्टी सुदृढीकरण गर्दै पार्टी निर्माणमा अघि बढ्न सबैलाई आग्रह गरे ।

यसैगरी नेकपा मकवानपुर जिल्ला अध्यक्ष एकालाल श्रेष्ठले रास्टृय बिकास बिरोधिहरुको कारण देश वर्तमान अबस्थामा आईपुगेको बताए । ६-६ महिनामा सरकार परिवर्तन गरिरहनुपर्ने मानसिकता बोकेका ब्यक्तिहरुले पार्टी भित्रबाट सरकारको बिरुद्धमा जाईलाग्ने काम भएको भन्दै त्यस्ता मानसिकता बोकेका व्यक्तिहरुलाई जनताले बहिस्कार गर्नुपर्ने बताए । यस्तै नेकपा मुलधारको पार्टी केपि ओलि नेतृत्वको रहेको भन्दै ओलि नेतृत्वको सरकार मात्रै रास्ट्र, रास्टृयताको पक्षमा हरेकाले ओलि सरकारबाट मात्रै देश सम्बृद्दि तर्फ अगाडि बढ्ने बताए ।  

थाहानगरस्थित जिसिज भवनमा भएको कार्यक्रम भेला आयोजक समितिका संयोजक राजु नापितको सभाध्यक्षतामा भएको थियो ।  

नेकपा थाहा नगर अध्यक्षमा ढकाल र सचीवमा नेगी चयन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) थाहानगर कमिटिको अध्यक्षमा अच्युतम प्रसाद ढकाल चयन हुनुभएको छ। थाहानगरको पालुङ जेसीज सभाहलमा भएको विस्तरित भेलाले नगर कमिटिको अध्यक्षमा ढकाल र सचिवमा कुमार नेगीलाई चयन गरेको छ ।

बागमती प्रदेशका मुख्य मन्त्री डोरमणी पोडेलको प्रमुख आतिथ्यमा भएको भेलाले यसअघिका नेकपा थाहा नगर कमिटिका अध्यक्ष अरुण रायमाझी र सचिव सानुकाजी गोपालीलाई पदमुक्त गरेको छ । भेलाले नयाँ नगर सदस्यहरु समेत थप गरेको छ । 

यस्तै भेलामा नेपाली काङ्ग्रेस र अन्य पार्टी परित्याग गरि करिब १०० जना युवाहरु नेकपामा प्रवेश गरेका छन । नवप्रवेशी युवाहरुलाई कार्यक्रमका प्रमुख अतिथी मुख्यमन्त्री डोरमणी पौडेलले टीका र खादा लगाएर स्वागत गरेका थिए ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)