nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहाको कृषि: किन हुँदैछ, आम्दानी काखा र अपनत्व पाखा
-राजु पोखरेल

razz-1587697794.jpg

अन्नबालीले छपक्कै हुने मकवानपुरको उत्तरी क्षेत्रका बासिन्दा नगदे बालीमा कहिलेबाट उन्मुख भए होला भन्ने धेरैमा जिज्ञासा जाग्न सक्छ । जिज्ञासा लागेपछि कौतुहुलता नमेटिने कुरै भएन, किन नमेटिनु र ! वि.सं. २०५० सालमा ठूलो बाढी आयो, धनजनको क्षति भयो । सिंचाइ गर्नेे कुलोहरु सबै बाढिले लग्यो । स्थानीयले विकल्प खोजे । धेरथोर तरकारी खेती गरिरहेकाहरु अब व्यवशायिक बन्न थाले । त्यसोतः अहिलेको थाहा नगरपालिकाका बासिन्दालाई तरकारी खेतीमै ‘टक’ बस्यो । अन्नबाली त आँखै लाग्न छोड्यो । रैथाने बाली पाखामा परे, नगदे बाली खेतमा । त्यही बेलादेखि मकवानपुरको साविक दामन, आग्रा, पालुङ, टिष्टुङ, चित्लाङ र बज्रवाराही हालको थाहा नगरपालिकाले आफ्नो परिचय बनायो, ‘बेमौसमी तरकारी खेती हुने ठाउँ ।’ अहिले यहि ब्राण्डबाट नगरपालिका परिचित छ । 

नेपालका राजधानीसहित देशका मुख्य शहरहरु र भारतिय सीमा आसपासका बजारमा खपत हुने तरकारीको थुप्रैको आवश्यकता टादै आएको छ । यहाँ उत्पादित ७० प्रतिशत भन्दाबढि तरकारी काठमाण्डौंमा मात्र जान्छ ।  दामन,पालुङ, बज्रबाराहीको आलु, काउली, चित्लाङको मुला तरकारीको सिजनमा सबैको मुखमा झुण्डने नाम हो । अन्यत्र तरकारीको खडेरी लाग्ने सिजनमा यहाँ बेमौसमी तरकारी उत्पादन हुने भएकाले बजारमा तरकारीको माग बढी हुने गर्दछ । यहाँका किसानहरुको मुख्य आम्दानीको स्रोत नै तरकारी खेती हो । थाहानगरमा वैशाखबाट शुरु भएर मंसिरसम्म आलु, काउली, बन्दा, भेडेखोर्सानी, माछेखोर्सानी, पिरो खोर्सानी गाजर, मुला, धनिया, टमाटर, भान्टा लगाएतका तरकारी उत्पादन हुन्छ । अहिले त झन कृषकहरुले टनेलमा खेती गर्न थालेपछि उत्पादनको कुनै चिन्ता नै छैन । 

यहाँँका किसानले ठूलो श्रम र मुल्य खर्चेर लगाईएको तरकारी खेतीबाट किसानको जीवन चेलेको मात्र छ । प्रतिस्पर्धात्मक बजारमा राज्यको सहयोगी कमजोर छ । उत्पादक र उपाभोक्ताबीचको मुल्यान्तर धेरै छ । किसानले लगानी अनुसार आश गरेको भाउ पाउन जहिल्यै मुस्किल पर्छ । कहिले त भाउ पाउँदै पाउँदैनन्, व्यापारीलाई उत्पादन लगेर टाँसो लगाउनु पर्छ ।  ठुलो सपना बोकेर गरिने खेतिमा गरिएको लगानीबाट कति नाफा आउने भन्ने कल्पना गर्ने भन्दा बिउ, मल र मेहनतको साँवा उठ्छ कि उठ्दैन भन्ने चिन्ताले किसानलाई सताउने गर्छ । यसका कारण यस खेतिले निर्धक्तासहितको व्यवसायिक स्वरुप पाउन सकेको छैन । किसानको लगानीमा स्थानीय सरकारको सहयोग, सहजीकरण फितलो छ । किसानको उत्पादनलाई स्थानीय सरकारले अझै अपनत्व गर्न सकेका छैनन् । आम्दानीको मुख्य स्रोतलाई व्यवस्थित र कार्ययोजना बनाउन स्थानीय तहका कृषि संयोजकहरु चिन्तित देखिदैनन् । कृषिको कन्सेप्ट कहिल्यै प्रदर्शन गर्दैनन् । उनीहरुले जागिरे मानसिकता त्यागेर प्राविधिक दृष्टिकोणले योजनासहित जनप्रतिनधिलाई पृष्ठपोषण गर्न सक्नुपर्छ । जनप्रतिनिधि प्राविधिक होइनन्् । आफ्ना कृषि प्राविधिकले ल्याएको योजनालाई बरु उनीहरुले नीतिमा बदल्न भने सहजै सक्छन् । कार्यान्वयन गर्ने भने उनै कृषि संयोजक र उनको मातहतमा रहेको कर्मचारीले हो । कृषिमा भट्टाभट्ट दिएको अनुदान मात्र हैन, कृषि प्राविधिकको तलब पनि कृषिमै गरिएको लगानी हो । तर, खै उपलब्धी ? त्यसैले कृषिमा गरिएको लगानीको उचित र उपलब्धीमुलक प्रयोग व्यवस्थापन हुनु आवश्यक छ । उत्पादनमा स्थानीय तहको अपनत्व र किसानको उत्साहजनक सक्रिय सहभागिताबाटै तरकारी उत्पादनको पहिचानयुक्त भुगोलका रुपमा थाहानगरलाई चिनाउन सकिन्छ । 

कृषिमा लगानी बालुवामा पानी 

नेपालले नारामा आफुलाई कृषी प्रधान देशको रुपमा चिनाउन खोजेको भए पनि राज्यले कृषिक्षेत्रको उचित संरक्षण, संवर्धन र व्यवस्थापन गर्नसकेको छैन । राज्यले कृषिमा गरेको ठुलो लगानी बालुवामा पानी हालेजस्तै उपलब्धी बिहिन छ । मल, बिउबिजन लगायत कृषि सामाग्रीमा आत्मनिर्भर हुन नसक्दा परनिर्भारताको असरले बेलामा मल तथा बिउबिजन अभाव हुने गरेको छ । झन समय अनुसारका मल विउको अभावमा कृषिमा गरेको लगानी पनि नउठ्दा किसानमा आएको नैरास्यताले कृषी कर्मप्रति नै वितृष्णा जगाएको छ ।

देशका खेतियोग्य जमिन मरुभूमिमा झै बाँझै छन् । हाम्रो कामाईको ठुलो हिस्सा तिनै आयातित दैनिक उपभोग्य बस्तु किन्न खर्चेर ठुलो धनराशी अन्यत्र पठाईरहेका छौं । मानब स्वास्थ्यमा पनि खेलबाड गरिरहेका छौं । यसमा राज्य कहिले जीम्मेवार बन्ने ? नितीमा जती नै कृषिका कुरा गरेपनि खेतियोग्य जमिनमा सिंचाई सहित उचित मल र बीउविजन सहितको उत्पादनमुल आधुनिक एकिकृत कृषि प्रणालीको अबधारणमा खेति गर्ने र उत्पादन भएका बस्तुको सरल बिक्रीबितरण गर्ने व्यवस्था नहुँदासम्म कृषि व्यवसायिक रुपमा पस्टाउन सक्दैन ।

खेतियोग्य जमिन मरुभूमिमा झै बाँझै छन् । हाम्रो कामाईको ठुलो हिस्सा तिनै आयातित दैनिक उपभोग्य बस्तु किन्न खर्चेर ठुलो धनराशी अन्यत्र पठाईरहेका छौं । मानब स्वास्थ्यमा पनि खेलबाड गरिरहेका छौं । यसमा राज्य कहिले जीम्मेवार बन्ने ? नितीमा जती नै कृषिका कुरा गरेपनि खेतियोग्य जमिनमा सिंचाई सहित उचित मल र बीउविजन सहितको उत्पादनमुल आधुनिक एकिकृत कृषि प्रणालीको अबधारणमा खेति गर्ने र उत्पादन भएका बस्तुको सरल बिक्रीबितरण गर्ने व्यवस्था नहुँदासम्म कृषि व्यवसायिक रुपमा पस्टाउन सक्दैन ।

जसको असर कृषि उत्पादनमा पर्दा हामी आयातित तरकारी किनी खान बाध्य हुन्छौ । हामीलाई दैनिक भान्साामा चाहिने भईरहने लसुन, प्याज, धनिया, टमाटर जस्ता तरकारी जन्य बस्तु आफ्नै घर वरपर सानो क्षेत्रफलको करेसाबारीमा लगाएर उत्पादन गर्न सकिने भए पनि आयातित किन्न प्लाष्टिक चेपेर हिड्न सोखिनताले जितेको छ । जसको असरका कारण स्थानिय उत्पादन न्युन हुँदै गएको छ । तसर्थ, संघीय सरकारसँग आधुनिक कृषि उत्पादनसँग जोडिएको कार्यान्वयनका व्यबहारिक पक्ष नतिजामुखी नहुँदा त्यसको असर स्थानिय सरकारमा पनि परेको देखिन्छ । 

थाहानगर काठमाडौबाट नजिक छ र यो स्थान बेमौसमी तरकारी उत्पादनको लागि उपयुक्त छ, उत्पादन पनि भैरहेको छ । यहाँका खेतियोग्य जमिनमा किसानलाई प्रोत्साहित गरेर तरकारी उत्पादन गरि बजार व्यवस्थित गर्न सके स्वदेशी उत्पादन बढ्ने र राज्यको अहिलेको परनिर्भरता घट्ने पक्का छ । लकडाउनको यो विषम परिस्थितीमा अन्यत्रबाट ट्रक का ट्रक तरकारी आयात गर्दा त्यसले जनजीबनमा पार्ने असर त एकातिर छ नै अझ स्थानीय उत्पादनलाई समेत निरुस्साहित गरिरहेको छ । जसका कारण अहिले थाहानगरका किसानलाई आफुले उत्पादन गरेको तरकारी कहाँ बेच्ने भन्ने चिन्ता शुरु भैसकेको छ । 

चुनौतिसंगै खै त स्थानीय सरकारको जिम्मेवारी ?

थाहानगरको आन्तरिक आयमा ठूलो हिस्सा यहाँ उत्पादित तरकारी पैठारी करबाट संकलन हुन्छ । पछिल्ला अभ्यास अनुसार सरदर तरकारी निर्यातको करबाट वार्षिक ५० लाख बढि कर संकलन हुने गरेको छ । तर कृषिमा नगरपपालिकाले वार्षिक रुपमा छुट्याउने बजेट एकातिर कम छ भने नयाँ कन्सेप्ट छैन । उही अनुदान र भ्रमणका पुरानै डर्राका कार्यक्रमहरुले निरन्तरता पाइरहेको पाइन्छ । नगरलाई तरकारी उत्पादनले  आर्थिक रुपमा बलियो बनाएर उत्पादन क्षेत्रका रुपमा तरकारीले चिनाए पनि नगरको निकायले तरकारीको उत्पादन बजार र व्यवस्थापनमा नेत्तृत्वदायी भुमिका निर्बाह गरेर उत्पादनमा उत्साह भर्न सक्नु पर्दछ । 

राज्यको लगानी उत्पादनमा सहयोगी बनेर बजार पहिचान र बिक्री सहजीकरणमा भयो भने किसानको श्रम नाफासँग जोडिन्छ र त्यहाँ उत्पादनमुखी व्यावसायिक खेती प्रणलीको शुरुवात पनि हुन्छ । अहिले कृषि उत्पादनमा आधुनिकता भन्दा पनि स्थानियतामा जोड दिनु पर्ने अहिलेको मागको आवश्यक्ताले देखाएको छ । रैथाने बाली मास्सिए । यसका खै कृषि प्राविधिकको चिन्ता ? आधुनिकताको नाममा रेथाने जात मासिनू हुन्न । परम्परागत कृषी प्रणाली भएन भनेर गरिएका विकासे खेति दिगो नहुँदा थोरै अप्रत्यासित लाभ हुँदा धेरै हानी भएका छन् । किसानको मनोबल गिराएको छ । किसानसँग गत वर्षको अनुभव अभ्यास बनेर गरिने खेति नाफा मुखी व्यवसायिक बजार किसानकालागि अनुकुल बनेको छैन । गत साल के बढी भाउमा बिक्यो सबैले त्यही अनुसरण गरी लगाउने चलन भ्रम साबित भई प्रतिपर्धात्मक बजारमा किसानले लाभ लिन सकेका छैनन् । 
स्थानीय तहका कृषि शाखाको वार्षिक उत्पादन र बजार विश्लेषण रिपोट त कता हो कता टिपोट समेत छैन । यसबाट जागिरे मानसिकता प्रष्ट हुन्छ । गरेका कामको दस्तावेज बन्नुपर्छ । दस्तावेजको विश्लेषणबाट योजना र त्यसको कार्यान्वयको मेकानिजम

रैथाने बाली मास्सिए । यसमा खै !कृषि प्राविधिकको चिन्ता ? आधुनिकताको नाममा रेथाने जात मासिनू हुन्न ।

बन्नु पर्छ । यसबाट उपलब्धी हुनेमा दुईमत छैन । यहाँ लगाईने तरकारीको बढीभन्दा उत्पादनको बिधि, मागको अनुमान, स्थानीय, क्षेत्रिय, राष्ट्रिय र अन्तराष्ट्रिय बजार व्यवस्थापनमा स्थानीय निकायले अग्रिम र समायनुकुल बार्षिक कार्ययोजना बनाउन सक्यो भने कृषी उत्पादनले व्यवयायिक स्वरुप पाउँदछ । किसानलाई तरकारी उत्पादनमा हौसला प्रदान गर्छ भने नगरको आन्तरिक आय वृद्धि हुन्छ, नगरबासी सम्वृद्धतर्फ उन्मुख हुन्छन् । सामानय अवस्था बाहेकका विषम परिस्थितीमा पनि बजार र मुल्यको चिन्तामा किसान रुमलिनु पर्दैन । यसो गर्दा थाहानगरले आफ्नो नगरभित्र वार्षिक कुन तरकारी कति उत्पादन हुन्छ ? त्यसको लागि आवश्यक मल, बिउ बिजनको व्यवस्थापन र अनुदान कसरी गर्न सकिन्छ ? उत्पादिन बस्तुको बजार क्षेत्र कहाँ र उचित मुल्य कसरी हाँसील गर्न सकिन्छ भनेर योजना तर्जुमा गर्नु पर्दछ र सोही अनुसारको व्यवस्थापन गर्नु पर्दछ ।  

बनीबुतोमै अल्झिए किसान, व्यवशायिक भएनन्

हाम्रो खेति प्रणाली नाफामुखी हुँदा त्यसले व्यवसायिक उपलब्धी लिन सकेका छैनौं । उत्पादन गरेको बस्तु राम्रो भयो र बजार पाई मुल्य आँउदाको बखत हामी आफ्नै अपनत्व लिन्छौं र अरुका भुमिका सम्झदैनौं । तर चुनौती आँउदा आफ्नो जिम्मेवारी बिर्सन्छौं र दोष अरुलाई दिन्छौं । 

हामीले खेति गर्दै गर्दा राज्यका निकायसँग खेति कार्यको पहिचान, मल, बीउबिजनको अवस्था बारे जानकारी, बजारको मागको प्रक्षेपण, बजार प्रबद्र्धनको अवस्थाका बारेमा सामुहिक छलफल गरि स्थानिय स्थारमा भएका राज्यका निकाय सँग समन्वय गर्ने गरेको पाईन्न । जसका कारण राज्यका संयन्त्रसँग किसानको दुरी टाढा बनाएको छ र ती निकायलाई जिम्मेवार बनाउन सकेको छैन । किसानले ती निकायको समन्वयमा व्यबसायिकताको अभ्यास गर्ने हो भने राज्यका निकाय पक्कै जीम्मेवार बन्नु पर्दछ । जसका कारण सहज र असहज अवस्थामा ती निकायले आफ्नो कर्तव्य देखाउन बाध्य हुन्छन् ।  

-फोटोहरुः रामकुमार कार्की तथा गणेश विष्ट र पुरनो फोटो गुगलबाट ।