nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 24th April, 2024
वि.स.
1000043965-1707579226.jpg

ट्रम्पकी श्रीमतीले किन ढाल्दैछिन् २ सय वर्ष पूरानो यो रुख ?

अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउस परिसरमा रहेको एउटा ऐतिहासिक वृक्ष अब केवल केही दिनको पाहुना मात्र बनेको छ । २ सय वर्ष पूरानो यो रुख अबको केही दिनमा काटिनेवाला छ ।

ज्याक्सन मेग्नोलिया नामक उक्त रुखलाई अमेरिकी पूर्व राष्ट्रपती एन्ड्र ज्याक्सनले रोपेका थिए । सन् १८२९ देखि १८३७ सम्म अमेरिकाको राष्ट्रपति बनेका ज्याक्सले आफ्नी पत्नीको सम्झनामा उक्त रुख रोपेका थिए ।

यो रुख धेरै मानेमा निकै विशेष छ । यहीँ रुखको छहारीमा कैयन् ऐतिहासिक कार्यक्रमहरु आयोजना भएका छन् । सन् १९२८ देखि १९८८ सम्म अमेरिकाको २० डलरको नोटमा यहीँ रुखको चित्र छापियो ।

तर अब यो रुखको आयु सकिएको छ । यो रुख बुढो भएर ढल्ने हालतमा पुगेको र त्यसका कारण त्यहाँ सुरक्षा जोखिम बढेको बताइएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पकी पत्नी अर्थात् अमेरिकी पहिलो महिला मेलेनिया ट्रम्पले उक्त वृक्षको अधिकांस भाग काट्नका लागि आदेश दिएकी छिन् ।

ह्वाइट हाउसका प्रवक्ता स्टिफन ग्रीशमका अनुसार मेलेनियाले उक्त रुख काटिसकेपछि पनि त्यसको हाँगा राख्न आग्रह गरेकी छिन् । ताकी त्यसको कलमी रोपेर सो ठाउँमा त्यहीँ रुख पुनः हुर्काउन सकियोस् ।

ग्रीशमका अनुसार सुरक्षालाई ध्यानमा राख्दै उक्त ऐतिहासिक रुख काट्ने निर्णयमा ह्वाइटहाउस पुगेको हो । उक्त जर्जर रुख जुनसुकै बेला ढल्न सक्ने भएकाले त्यसले ह्वाइट हाउसमा पुग्ने पाहुना तथा पत्रकारलाई समेत खतरा उत्पन्न गरेको थियो । यो रुख त्यहीँ ठाउँमा छ, जहाँबाट प्रायः अमेरिकी राष्ट्रपतिको हवाई जहाजले उडान भर्दछ ।

कहाँबाट ल्याइएको थियो यो रुख ?

एन्ड्रयू ज्याक्सनले आफ्नी पत्नीलाई मन पर्ने मेग्लोनिया रुखको कलमी ल्याएर ह्वाइट हाउसमा रोपेका थिए । उक्त वनस्पति ज्याक्सनको निजी फार्म हाउस परिसरमा थियो ।

ह्वाइट हाउस परिसरमा रहेको यो रुख पहिलोपटक सन् १९७० मा चर्चामा आएको थियो जतिबेला यो रुखको आसपासमा कंक्रिट लगाइएको थियो । धेरैले विरोध गरेपछि सन् १९८० मा त्यहाँको कंक्रिट हटाएर रुखलाई एउटा ठूलो खम्बा तथा तारले बाँधेर सपोर्ट दिइयो ।

अहिले झ्वाट्ट हेर्दा यो रुख सग्लै देखिने भएपनि अमेरिकी सरकारको वागवानी सम्बन्धी कार्यालयका अधिकारीहरु आएर निरिक्षण गर्दा यो रुख निकै कमजोर हालतमा रहेको र यसले सुरक्षा चुनौति खडा गरेको ठहर गरेका थिए ।

३९ जना राष्ट्रपति देखेको रुख

यो रुख यस्तो ऐतिहासिक रुख हो जसले ह्वाइटहाउमा ३९ जना राष्ट्रपतिलाई स्वागत गरेको छ । यसबीचमा अमेरिकामा गृहयुद्ध भयो र अमेरिकाले दुईवटा विश्वयुद्ध पनि लड्यो ।

यो रुखलाई काटिने समाचार आएपछि अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टनकी छोरी चेल्सी क्लिन्टनले उक्त रुखको आजसम्म हेरविचार गर्ने सबै मानिसलाई धन्यवाद दिएकी छिन् ।

बीबीसी



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)

tree1-1514629148.jpg