Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

टिष्टुङ महोत्सवको मुख्यमन्त्री पौडेले उदुघाटन गर्ने, चारै दिन प्रवेश निःशुल्क 

Tistung-Mahotsaw,,24-1539134816.jpg

मकवानपुर थाहा नगररपालिकाको टिष्टुङ (बज्रवाराही)मा संचालन हुने टिष्टुङ महोत्सवको उद्घाटन प्रदेश नंम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले उद्घाटन गर्ने भएका छन् । 

यहि असोज २४ देखि २७ सम्म बज्रवाराहीको सरस्वती बजारमा हुने महोत्सवको २४ असोज विहान ११ बजे उद्घाटन गर्ने कार्यक्रम तय भएको महोत्सव आयोजक मूल समारोह समितिका संयोजक इन्द्र बहादुर श्रेष्ठले जानकारी दिए । महोत्सव उद्घाटनका लागि अघिल्लो दिन २३ असोजमा नै मुख्यमन्त्री पौडेल सहित सांसद विरोध खतिवडालगायतका नेताहरु टिष्टुङ आइसकेका छन् । 

यसैबीच महोत्सवमा पूर्ण रुपमा निःशुल्क प्रवेश गर्ने व्यवस्था मिलाइएको छ । चारदिनसम्म संचालन हुने महोत्सवमा निःशुल्क अवलोकन गर्न पाइने भएको हो । व्यापारिक र नाफाको लागि नभई पर्यटन प्रवद्र्धनका लागि महोत्सव भएकोले निःशुल्क गरिएको महोत्सव सचिवालय सदस्य मेघराज बलामीले जानकारी दिए । टिष्टुङ महोत्सवमा १ सय ६० वटा स्टल रहने छन् । महोत्सव अवधिभर ५० हजारले अवलोकन गर्ने आयोजकको अनुमान छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)