nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 2nd May, 2024
वि.स.
1000043965-1707579226.jpg

जनकल्याण र थाहाको शैक्षिक विकासका लागि अन्तरक्रिया हुने

jkmv-1521227061.jpg

मकवानपुरको उत्तरी क्षेत्रकै जेठो हाइस्कूल जनकल्याण माविमा अध्ययन गरेका पूर्व विद्यार्थीहरु आफू पढेको विद्यालयलाई उत्कृष्ट बनाउन सक्रिय भएका छन् । २०२५ सालमा स्थापना भएको जनकल्याण माविले आफ्नो ५० र्औ वर्षगाँठ मनाइरहँदा भूतपूर्व विद्यार्थीहरु विद्यालयको उच्चतर प्रगतिको लागि सक्रिय भएका हुन् । 
२०५२ सालमा १० कक्षामा अध्ययनरत विद्यार्थीहरुको पहलमा भूपू विद्यार्थीहरु सक्रिय भएका हुन् । यसै क्रममा यही ३ चैतमा जनकल्याण माविमा अध्ययनरत भूपू विद्यार्थीहरुको काठमाण्डौंमा भेला आयोजना गरिएको भूपू विद्यार्थी कुमार नेगीले बताए । ‘अहिले काठमाण्डौंमा रहने पूर्व विद्यार्थीहरुको भेला डाकिएको छ, यस्तै भेला पालुङ, हेटौंडा लगायत अन्य स्थानमा पनि आयोजना गर्ने र पूर्व विद्यार्थीहरुको वृहद समूह बनाई जनकल्याणको उच्चतम शैक्षिक उपलब्धीका लागि श्रोत जुटाउन पहल गरिने छ ।’ उनले भने । 
शनिबार काठमाण्डौंमा हुने भेलामा जनकल्याण माविका प्रधानाध्यापक सानोभाइ कार्कीले जनकल्याण माविको आगामी योजना र रणनीतिहरुको बारेमा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । त्यस्तै थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले नगरको शैक्षिक विकासका लागि भइरहेको पहल र आगामी योजनाहरुको बारेमा जानकारी गराउने कार्यक्रम छ । 
विशेष गरी जनकल्याण माविलाई केन्द्रित गरी कार्यक्रम तय गरिएको भए पनि समग्र थाहाकै शैक्षिक विकासका लागि अन्तरक्रिया हुने पूर्व विद्यार्थी अच्युत्तमप्रसाद ढकालले बताए । ‘एउटा विद्यालयलाई मात्र फोकस गर्दा समग्र थाहाको शैक्षिक विकास भएको मान्न सकिँदैन, तर समग्र थाहाको शैक्षिक विकासको कुरा गर्दा जनकल्याण मावि  त्यसैमा पर्छ, जनकल्याण मावि भूतपूर्व विद्यार्थीकै पहलमा कार्यक्रम भएकोले जनकल्याणको विषयमा वहश हुनु स्वभाविक हो र हुनु पनि पर्छ,’ उनले भने । 
काठमाण्डौंको कार्यक्रममा थाहा नगरका सय बढी व्यक्तिहरुको सहभागिता हुने अपेक्षा गरिएको अर्का पूर्व विद्यार्थी कपिल थापाले बताए । कार्यक्रममा जनकल्याण माविका पूर्व विद्यार्थीहरु सानोभाइ कार्की, लवशेर विष्ट, खड्ग गोपाली, भूवनप्रकाश विष्ट, अर्जुन कार्की, ओमबहादुर विष्ट, बद्रिप्रसाद विडारी, रघुराम विष्ट, विष्णुहरि ढकाल, पुस्कल ढकाल, अच्युत्तमप्रसाद ढकाल, जीवन केसी, राजाराम अधिकारी, भरत ढकाल, कालीचरण बस्नेत, यदुकुमार बस्नेत लगायतको सहभागिता रहने पूर्व विद्यार्थी नेगीले जानकारी दिए । त्यस्तै उत्तम लामिछाने, कुमार थापा, सन्तराम विँडारी, विनोद ढकाल, कमलनाथ ढकाल लगायतको सहभागिता रहने उनले जानकारी दिए । 

कार्यक्रममा सहभागिताका लागि पूर्व  विद्यार्थी तथा थाहानगरका  शिक्षाा प्रेमीहरूलाइ अाग्रहसमेत गरिएकाे छ । कार्यक्रम कलंकीस्थित काेजी फुड ल्याण्डमा विहान ११ बजे शुरू हुने अायाेजकले बताएकाे छ । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)