nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

छाक बसेकाहरुको दुःख सरकारले देख्नुपर्छ
सुरेश कार्की

मेरो नाम सुरेश कार्की हो । २६ वर्षिय म काठमाण्डौं ठमेलमा रेस्टुरेन्टमा काम गर्छु । मेरो स्थायी थाहा नगरपालिका वडा नम्बर ३ घर्तिखोला हो । मेरो अहिलेको बसाई काठमाडौं २९ पानीपोखरी छ । बिश्व माहामारीको रुपमा फैलिरहेकी कोरोना भाइरस (कोभिड–१९) विश्व समुदायकै लागि बिल्कुलै नयाँ किसिमको भाईरस हो ।

यसबाट बच्नको लागि बेला–बेला साबुन पानीले हात धुने, मास्कको प्रयोग गर्ने, अरु ब्यक्तिहरुको सम्पर्कमा नरहने, घरैमा पनि व्यक्तिगत टाबेलहरु प्रयोग गर्ने गर्नुपर्दछ । पसलमा ग्याँस, दाल, चामल, लिन जानू पर्ने भएमा सोसल डिस्टान्स कम्तिमा एक मिटर कामय गर्ने गरिरहेको छु । कामको शिलशिला भनौ या त्यसै पनि दिनको १८ घण्टासम्म घरबाहिर हिडिरहने म आजभोलि घरभित्रै विभिन्न पुस्तक पत्रपत्रिकाहरु पढ्ने चलचित्रहरु हेर्ने घरको काम धन्दाहरु आफै गर्ने सोसल मिडियाहरुमा ब्यस्त हुने गरिरहेको छु ।

यो भाइरसले गर्दा दैनिक ज्याला मजदुरी गरेर खानेको छाक बसेको छ । हिडेरै भएपनि मरे पनि आफ्नै गाउँ ठाउँमा मर्छु भनेर दैनिक हिडेर शहर छोड्नेहरुको संख्या दिनदिनै बढ्दो छ । यो समस्याको समाधानको लागि राज्यबाट पहल भएको चाहिँ देखिदैन । यो दुःख सरकारले देख्नूपर्छ, सुन्नु पर्छ अनि समस्या समाधानको लागि पहल पनि गर्नुपर्छ । 

यस्तो माहामारीको बेला जो जस्तो अबस्थामा जहाँ छौ त्यही सजगता अपनाएर बस्दा सुरक्षित भइन्छ भन्ने मलाई लाग्दछ । घर भित्र बस्न मन नलागे पनि घर बाहिर भिड भाडमा जानू भनेको रोगलाई बोलाउनु हो । एकजनाको गल्तिले सिङ्गोे परिवार, समाज, गाउँ, टोल, अन्ततः देश नै महामारीको चपेडामा पर्ने डरले घर भित्रै बसिरहेको छु ।

जसरी नदिले विभिन्न आरोह अवरोह पार गर्दै समुद्र भेट्छ त्यसै गरी यदि हामिले हाम्रो साथ सम्बन्ध आत्मबल र आत्मबिश्वास नगुमाई अर्को केही समय धर्यताको साथ घर भित्रै बसिदिने हो भने हामी रोगबाट बच्छौं । घरैमा बस्नु, अरुसंगको भेटघाट पातलियाउनु, भिडभाडमा नजानु नै  यस माहामारी विरुद्धको विजय प्राप्ती हो ।