nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 28th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मिस्टर एण्ड मिस थाहाको प्रोमो भिडियो सार्वजनिक, ३० भदौमा अन्तिम प्रतिष्पर्धा(फोटोसहित)

Contestents-1694434325.jpg

थ्रि बोदर्श फोटोग्राफीको आयोजनामा भइरहेको मिस्टर एण्ड मिस थाहा साैन्दर्य प्रतियोगिताको  कन्टेस्टेन्टस् प्रोमो भिडियो सार्वजनिक गरिएको छ । मिस्टर एण्ड मिस थाहाको फेसबुक पेजबाट अन्तिम प्रतिष्पर्धी २० जनाको भिडियोसहितको प्रोमो सार्वजनिक गरिएको हो ।

आगामी ३० भदौमा हुने अन्तिम प्रतिष्पर्धामा मिस थाहातर्फ सिम्रन कार्की, निकिता गोपाली, अज्मी बम्जन, सम्झना तामाङ, बिस्मिता गोपाली, प्रिती गोले, रोइसा सुनुवार, रोजिना तामाङ, दिया तामाङ, मञ्जु तामाङ, अमृता कार्की, प्रिती कार्की र श्रीया कार्की भिड्दैछन् । त्यसैगरी मिस्टर थाहातर्फ सविन विश्वकर्मा, नविन सुनार, पल्लब खत्री, विराज कार्की, ओजस खत्री, दिप्सन खत्री सहितकाे प्रतिष्पर्धा रहने आयोजकले जनाएको छ ।

थाहा नगरपालिकाको सहकार्य रहेको ट्यालेन्ट शो प्रतियोगिताका अन्तिम प्रतिष्पर्धीहरुको भिडियो सहारा रिसोर्टमा छाँयाकन गरिएको थियो ।

१० देखि २५  वर्ष उमेर समूहका व्यक्तिहरु सहभागी उक्त प्रतियोगिताको प्रथम अडिशन ९ भदौमा जेसीज हलमा सम्पन्न भएको थियो । प्रथम अडिशन सम्पन्न भएसँगै आयोजकले सहभागीहरुलाई व्यक्तित्व तथा क्षमता विकास सम्बन्धी सीपमा सहभागी गराउँदै आएको छ । 

३० भदौमा हुने सौन्दर्य प्रतियोगिताबाट मिस र मिस्टर दुबैतर्फ विनर, फस्ट रनर अप, सेकेण्ड रनर अप र ब्राण्ड एम्बेसेडर घोषणा गरिने आयोजकले जनाएको छ । 


 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)