Saturday, 27th July, 2024
वि.स.

र्‍याप स्टारकाे टप-६ मा थाहानगरका बि-सफ, अब खाँचो भाेटकाे

IMG_20230509_184555-1683637523.jpg

प्रतिष्पर्धामा लगातार उकालाे लाग्दै गरेका थाहा नगरपालिका-२ फाँटबजारका सफल विष्ट अर्थात् र्‍याप स्टारका बि-सफ  अहिले प्रतिष्पर्धाकाे चुलीमा पुग्ने मेसाेमा छन् ।

ओएसआर रियालिटी युट्युब च्यानलले सञ्चालन गरिरहेकाे र्‍याप स्टार रियालिटी शोमा अहिलेसम्मकाे यात्रामा अपराजित बि-सफ अहिले टप-६ मा छन् ।

पछिल्लो शाेमा नथिङ टु समथिङ भन्दै प्रस्तुती शुरु गरेका बि-सफलाई निर्णायकले टप ६ मा सुरक्षित रहेकाे घाेषणा गरे ।  टप-६ मा पुगेपछि थाहा टाइम्ससँग कुरा गर्दै उनले आफू लगातार प्रतिष्पर्धामा उकालो लागिरहेकोमा आफ्नो मेहनत र शुभचिन्तकहरुकाे सहयाेगकाे हात रहेकाे बताए ।

'म थाहा र मकवानपुरलाई चिनाउँछु, मलाई भाेटकाे खाँचाे छ' बि-सफकाे आग्रह छ - 'मलाई भाेट गर्नुहाेस् ।'

कसरी दिने भोट ?
बि-सफलाई भोट गर्नका लागि मोवाइल फोनमा प्ले स्टाेरबाट ओएसआर कनेक्ट एप डाउनलोड गर्नुपर्छ । उक्त एप खुलेपछि र्‍याप स्टार रियालिटी शोमा सफलको फोटो देखिन्छ । उक्त फोटोमा क्लिक गरेपछि भोट गर्ने प्रक्रिया अघि बढ्छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)