nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 18th April, 2024
वि.स.
1000043965-1707579226.jpg

हेटौँडाको फोहोर बोक्ने ट्याक्टरमा सालनाल सहितको बच्चाको शव फेला

child-death1-768x543-1668159461.jpg


२०७९ कार्तिक २५ गते   

  हेटौँडामा एकजना भर्खरै जन्मेको नवजात शिशुको शव फेला परेको छ । हेटौँडा उपमहानगरपालिकाको ल्यान्डफिल्ड साईड (फोहोर पाल्ने स्थान) मा फोहोर खन्याउने क्रममा नवजात शिशुको शव फेला परेको हो ।

हेटौँडाको बजार क्षेत्रबाट फोहोर संकलन गरेर ल्याईएको ना ४ त २६९८ नंबरको ट्याक्टरमा बोरा भित्र पोको पारिएको अवस्थामा सालनाल सहितको शिसु (बालिका)को शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । फेला पारिएको शिशुको शवलाई पोष्टमार्टमको लागि हेटौँडा अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)