nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

चलचित्र कल्चरको प्रदर्शन, पहिलो दिनमै साढे २ लाखको कारोबार

culture-1544358608.jpg

थाहा कला केन्द्रको पहिलो प्रस्तुति नेपाली कथानक चलचित्र 'कल्चर' प्रदर्शनमा आएको छ । थाहा नगरपालिका भित्र कै कलाकारहरु र निर्देशक रहेको सो चलचित्रको शनिबार थाहा नगरपालिकाको विकास घरमा दुईवटा सो देखाएर चलचित्र प्रदर्शनमा ल्याइएको हो ।


चलचित्र प्रदर्शनको पहिलो दिनमै करिब ५ सय जना दर्शकले 'कल्चर' चलचित्र हेरेका छन् । पहिलोदिनमै चलचित्रले करिब २ लाख ५० हजारको कारोवार गरेको चलचित्र निर्देशक सानोबाबु मोक्तानले बताए । स्थानिय कलाकार, स्थानिय परिवेश समेटिएर निर्माण गरिएको र आफु जन्मेको ठाउँबाटै प्रदर्शन गर्नुपर्ने सोचेर कल्चरको प्रदर्शन थाहा नगरबाट नै गरिएको निर्देशक मोक्तानले बताए ।  
शनिबार थाहा नगरपालिकाको शिखरकोटमा रहेको विकास घरमा चलचित्र हेर्ने दर्शकको घुइँचो लागेको थियो । दर्शकहरुले भरिभराउ भएको विकासघरमा चलचित्र प्रदर्शन हुँदै गर्दा आँशुले भरिएका आँखाहरु थुप्रै देखिन्थ्यो भने कमेडी सो मा हाँसोको खित्काले गुञ्जायमान सुनिन्थ्यो ।
चलचित्र हेरेर निस्केपछी थुप्रै दर्शकले कलाकारहरुलाई बधाई दिदै चलचित्र धेरै नै राम्रो भएको बताए । 'चलचित्र सोचे भन्दा धेरै नै राम्रो लग्यो' चलचित्रको बारेमा प्रतिक्रिया दिदै  एक दर्शक जयन्ती रायमाझीले बताइन् । यस्तै अर्का एक दर्शक मधुसूदन रायमाझीले प्रतिक्रिया दिँदै भने 'चलचित्र एकदम राम्रो लाग्यो, अवसर दिएमा हाम्रा बाबुनानीहरुले पनि राम्रो गर्न सक्ने रहेछन् ।' शिक्षक दीपक विष्टलेपनि फिल्म राम्रो भएको प्रतिक्रिया दिए । 


चलचित्र हेर्न आएका धेरै दर्शकहरुको सकारात्मक प्रतिक्रिया प्राप्त गर्नाले चलचित्र प्रति दर्शकहरुले कस्तो प्रतिक्रिया देलान् भन्ने मनमा भएको कौतुहलता हटेको निर्देशक मोक्तानको दावी छ ।
चलचित्रमा सर्वनाम थिएटरकी कलाकार मिना पुर्णिमा खड्कासहित थाहा नगरपालिकाकै कलाकारहरु दिपराज खत्री, बिना मुक्तान, नुमा गुरुङ, शुभराज भोम्जन, रुपक कालिराज, विनित रायमाझी, मुना लामा, शान्ति घले, शान्ति सिन्तान, शार्मिला स्याङ्तान, उर्मिला स्याङ्तान लगायतको अभिनय रहेको छ ।


चलचित्रमा स्थानिय कलाकारहरु मुक्तिनाथ उप्रेती र बिवेक पाख्रिनको संगीत सुन्न सकिन्छ । चलचित्रका गीतहरुमा मेलिना राई र स्थानिय कलाकार दिपराज खत्री र मुक्तिनाथ उप्रेतीले स्वर दिएका छन् ।
थाहा नगरपालिका लगायत देशभर नै आत्महत्या गर्नेको संख्या बढ्दै गैरहेको समयमा आत्महत्या हुनुको कारण देखाउँदै निर्माण गरिएको चलचित्र थाहा नगरपालिकाकै भाङखोरिया, कोटथुम्की र मकवानपुरका विभिन्न स्थानहरुमा छायांकन गरिएको छ ।


यस पश्चातको चलचित्र प्रदर्शन कैलाश गाउँपालिकाको गोगनेमा र हेटौंडामा गर्ने तयारी गरिएको भए पनि समय भने निर्धारण भै नसकेको निर्देशक मोक्तानले बताए ।

के   कलाकारहरुको प्रतिक्रिया ??
सामान्यतया फिल्म इन्डस्ट्रीमा लाग्दा महिलाहरुलाई समाजले हेर्ने नजर फरक छ । तर चलचित्र कल्चरको सुटिङ देखी प्रदर्शनको समयमा आइपुग्दा पनि आफुले असुरक्षित महशुस गर्न नपरेको कलाकार द्वय बिना मोक्तान र नुमा गुरुङले बताईन् । लामो समय देखी थाहा कलाकेन्द्रमा संलग्न भएर कलाकारिता सिकेको कारण पनि टिमका सबैजनासंग भातृत्वको भवना र व्यवहार भएका कारण आफुहरुलाई कुनै समस्या नपरेको उनिहरुले अनुभव सुनाए ।
चलचित्रमा बाल कलाकारको रुपमा मुख्य भुमिकामा रहेको कलाकार बिनित रायमाझी पनि आफ्नो अनुभव सुनाउदै आमाबाबुको साथमा आफुले अभिनय गरेको चलचित्र हेरिरहँदा फरक अनुभुती भएको बताउँछन् । आफुले जीवनमा अभिनय गरेको 'कल्चर' दोस्रो फिल्म भए पनि पहिलो फिल्ममा भन्दा यस चलचित्रमा अभिनय अलि गाह्रै भएको उनको बुझाइ छ । हिमालयन बोर्डिङ स्कुलमा कक्षा ६ मा पढ्दै गरेका बिनितले आफ्नो भविष्यको लक्ष्य पनि कलाकार नै बन्ने रहेको बताए । 



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।