Bhumi11-1619166617.jpg
Friday, 7th May, 2021
वि.स.

घरमै बसेर आफ्नो जग्गाको नक्सा हेर्न र प्रिन्ट गर्न सकिने

kp-o-1618538427.jpg

जग्गा प्रशासनमा  नयाँ प्रविधिको सुरुवात भएको छ ।  घरमा नै बसेर आफ्नो जग्गाको नक्सा हेर्न, फिल्डबुक र प्लट रजिष्टर  प्रिन्ट गर्न सकिने  मेरो कित्ताको शुभारम्भ गरिएको हो। 

प्रधानमन्त्री केपी ओलीले डिजिटल नेपालको अवधारणालाई मुर्तरुप दिन नेपाल ल्याण्ड इन्फरमेसन सिस्टम (नेलिस) र मेरो कित्ता नामको अनलाइन प्रणालीको शुभारम्भ गरेका छन् । 

प्रधानमन्त्री ओलीले स्वीच अन गरेर नेलिस र मेरो कित्ताको शुभारम्भ गरेका हुन् ।  नेलिस नापनक्सा कार्यबाट संकलित विवरण (डेटा) को प्रयोगबाट जग्गा दर्ता तथा नक्सा अद्यावधिक गर्ने प्रणाली हो भने मेरो कित्ता अनलाइनमार्फत घरमै बसेर नक्सा, फिल्डबुक र प्लटरजिष्टर प्रिन्ट गर्ने सक्ने प्रणाली हो । 

शुभारम्भ कार्यक्रम बोल्दै प्रधानमन्त्री ओलीले जग्गा प्रशासन यो प्रणाली नयाँ आयाम ल्याउने बताए । नेलिस र मेरो कित्ता अनलाइन प्रणाली सुरुवात गरेको प्रधानमन्त्री ओलीले हर्ष र खुसी प्रकट गरेको छन । उनले भने,  यो असाधारण उपलब्धी हो, अब जग्गा प्रशासन पनि लेस फेस, लेस पेपर, क्यास लेस प्रणालीमा जादैछ, उनले भने, जग्गा प्रशासन मात्र नभइ  सरकार हरेक प्रणालीलाई डिजिटलाइन गर्न चाहन्छ । 

नापी विभागका महानिर्देशक प्रकाश जोशीका अनुसार सुरुका दिनमा काठमाडौं उपत्यकाका कलंकी, डिल्लीबजार र भक्तपुरका जग्गाधनीले यो सेवा लिन सक्नेछन् ।  यो आर्थिक वर्षभित्र उपत्यकाका सबै नापी कार्यालयमा लागू हुने छ भने आगामी आर्थिक वर्षभित्र यो देश भर लागू हुने छ । 

नापी कार्यालय नगई घरमै अनलाइनको सहायताले आफ्नो जग्गाको नक्सा, फिल्डबुक र प्लट रजिष्टर  प्रिन्ट गर्न सकिने व्यवस्था मेरो कित्ता प्रणलीबाट गर्न सकिने महानिर्देशक जोशीले जानकारी दिए । 

नापी विभागको वेबसाइटमा गएर मेरो कित्तामा लगइन गरी आफूले चाहे अनुसार जग्गाको विवारण हेरी आफैंले प्रिन्ट गर्न सकिने विभागले जानकारी दिएको छ । उनले यो प्रणालीको प्रयोगबाट छिटो, छरितो र मितव्ययी सेवा प्रवाह हुनेका साथै जग्गा प्रशासन सेवामा पारदर्शिता तथा सुशासन कायमृमा  योगदान पुग्ने विश्वास लिएको बताए ।  -अन्नपुर्णबाट

अनलाइन लिंक 

https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes.com@gmail.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरु माझ देशविदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौ । तपाईको आलोचनात्मक सुझावको अपेक्षा गर्दछौं । सिधै केही सुझाव, समाचार र विज्ञापन दिन चहानुहुन्छ भने सम्पर्क ९८०७२९५०७२ (-सम्पादक)