nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

कोरोना क्याप्युल भनेकै सामाजिक दुरी हो
यादब जंग रायमाझी

नमस्कार ।
अनि, भेट हुँदा पनि अब हात मिलाउने भन्दा नमस्कार नै गर्ने गरौ है । यो मेरो सबैलाई अनुरोध छ । म यादब जंग रायमाझी । म थाहा नगरपालिका ४ शिखरकोटमा आफ्नै घरमा ब्यवसाय गर्छु । बन्दाबन्दी सुरु भएकै दिनदेखि मेरो पसल बन्द छ । पसल बन्द भएकोले मेरो व्यवशायिक काम पनि ठप्प छ । बन्दाबन्दीले घर बाहिर निस्कन नमिल्ने हुनाले फुर्सदिलो बनेको छु ।

म बिहान–बिहान मर्निङ वाक जान्थे । दोस्रो पटक लकडाउन थपिएपछि जान छाडे । हिजो आज अलि अबेरसम्म सुतिन्छ। उठी सकेपछि भने अनलाईनमा समाचार हेर्ने पढ्ने गरेर कोरोना संक्रमण र अन्य समसामयिक बिषय बारे जानकारी लिने गरेको छु । करिब महिना दिनलाई पुग्ने गरि राशन लिई राखेकोले दैनिक खाद्यान्न पसल जानू नपरे पनि दुधको लागि बाहिर निस्कने गरेको छु । दूध लिन जाँदा म सधै मास्क लगाएर मात्रै निस्कन्छु । पसलबाट दुध दिएर फर्केपछि साबुन पानीले मिचिमिची हात धुने गर्छु । हतार भयो भने निवार्य स्यानिटाईजरले हात पुछ्ने गरेको छु । 

सामाजिक काममा मन लाग्ने हुँदा क्लब, बजार ब्यवस्थापन समिति वा फरक सोचले कोरोनासँग बच्न तथा बचाउनका निम्ति गर्ने कामहरुमा सहभागी हुने गरेको छु । सानातिना बैठक र छलफलमा जाँदा पनि मास्क लगाएर, एकाअर्का बिच दुरी राखेर नै हामी उपस्थित हुने गरेका छु। सामाजिक काम नहँुदा भने घरमै परिवारसँग बसेर समाचार हेर्ने, फिल्म हेर्ने, लुडो खेल्ने गरेका छु । साँझबिहान घाम ताप्दै मदनकृष्ण श्रेष्ठको ‘महको म’ दोर्होयाएर पढी सक्याएँ । अहिले अघिल्लो पटक काठमाडौं जाँदा किनेर ल्याएको गिता पढ्न सुरु गरेको छु । सडक छेवैमा घर भएकोले शिखरकोट बजार घरको छत र झ्यालबाट प्रष्टै देखिन्छ । कोही कसैले स्थानीय सरकारले निकालेको सुचना बिपरित वा लकडाउन उलंघन गरेको देखेमा त्यसो नगर्न सम्झाउदै फोटो, भिडियो बनाएर सामाजिक संञ्जालमा अपलोड गर्ने समेत गरेको छु । सामाजिक दुरी कायम गरेर, भिडभाड कम गरेर मात्र कोरोनालाई जित्न सकिने भएकोले त्यसरी भिडियो र फोटो अपलोड गरेको हुँ । कसैसँग रिसराग भएर गरेको होइन । आफन्त साथीभाईहरु सँग फेसबुक मेसेन्जर र फोनबाट कुराकानी भैराखेकै छ ।  यी सबै दैनिकीले गर्दा मलाई लक डाउनमा घर बस्दा खासै कुनै असजिलो लागेको वा दिक्क लागेको छैन ।