nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 16th April, 2024
वि.स.
1000043965-1707579226.jpg

कविता: अहंकार र ज्ञान
कालीचरण बस्नेत

kalicharan-basnet-1627107946.jpg

थकित भै तिर्खाएका आइपुगे एक व्यक्ति
घरमा थिइन् एक नारी ति व्यक्तिले मागे पानी ।

सोधिन् उन्ले को हौ तिमी परिचय देऊ तिम्रो
त्यसपछि दिन्छु पानी यसो गरे होला राम्रो ।

व्यक्ति बोले यात्री हुँ म थकित भै आएको छु
दया गरी दिनु पानी थकाइ र तिर्खा मेट्छु ।

सूर्य चन्द्र दुई मात्र संसारमा यात्री हुन्छ
कहिले नि नरोकिई हरहमेशा चलिरहन्छ ।

झुठो बोल्यौ हैनौ यात्री को हौ तिमी सत्य बोल
हजुरको पाहुना हुँ नढाँटेरै भन्छु अब ।

नारी बोलिन् पाहुना त हैनौ तिमी पक्कै पनि
एक धन अर्को यौवन दुई हुन्छन् पाहुना पनि ।

टिक्दैन जो दुई कुरा आउँछ र जान्छ फेरि
रोक्न खोज राख्न खोज रहन्न यो कसैगरी ।

फेरि बोले आगन्तुक सहनशीलता म हुँ पक्का
तिमी हैनौ सहनशीलता फेरि पनि बोल्यौ झुठ ।

संसारमा धर्ती र रुख दुई हुन्छ सहनशीलता
पापी को र धर्मात्माको सबै बोझ धर्ती सहन्छ ।

रुख त्यो हो जे गरे नि चूपचाप सहिदिन्छ
पत्थरले हाने पनि मिठो फल दिइरहन्छ ।

हुँ म मूर्ख यस्मा शंका नगर्नुहोस् बोले ब्यक्ति
फेरि पनि झुठो बोल्यौ साँचो बोल को हौ तिमी ।

शासक र सल्लाहकार मूर्ख पनि दुई हुन्छन्
योग्यतानै नभएका शासकले गर्छन् शासन ।

शाषकका सल्लाहकार शासकलाई खुसी पार्न
गलत कृयाकलापमा नि अनेकानेक गर्छन् तर्क ।

सहि सिद्ध बनाउन गरिराख्छ उस्ले चेष्टा
शासकको चाकडीमा लागि रहन्छ हरहमेशा ।

हार खाई व्यक्ति बोले भने हुँ म कालीदास
सरस्वती माता थिइन् धारण गरी नारी रुप ।

नारी बनि उदाएकि पाठ राम्रो पढाउन
आएकि हुँ ज्ञान दिन अहंकार नाश गर्न ।

शिक्षाको त्यो बल बुतामा प्रतिष्ठा र मानलाई
उपलब्धि धेरै मान्यौ अहंकारी खुबै भई ।

बस्यौ तिमी सिंहासनमा पुरापुर अन्धो बनि
त्यै भएर नाटक गरेँ चक्षु तिम्रो खोल्न भनी ।

विद्वताको घमण्डले विद्वतानै नष्ट गर्छ
त्यै भएर समयमै ज्ञान चक्षु खोल्न पर्छ ।

हुनुपर्छ शिक्षाबाट अहंकार हैन ज्ञान
शासकले दिनु ध्यान शिक्षाबाट लिनु ज्ञान ।

खुसी भए कालीदास पाए अनि पानी खान
ज्ञान दिई सरस्वती भइदिइन् अन्तर्ध्यान ।

सरस्वती वचन यो जानिराखौं हामी सबले
हटि जावस् अहंकार सबैबाट दूर दूर भै ।

थाहा-२ पालुङ सोल्टु , मकवानपुर