Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

कम्युनिष्ट नेता बरमन बुढाको उपचारकत्त क्रममा निधन

Barman-1595384832.jpg

पुराना कम्युनिस्ट नेता तथा पूर्व सांसद बर्मान बुढामगरको निधन भएको छ । बुढाको उपचारको क्रममा ७ साउन विहान ४ः३० बजे ललितपुरस्थित पाटन अस्पतालमा ९० वर्षको उमेरमा निधन भएको हो ।

छोरी विजया बुढाले आफ्ना बुवा बुढाको ४ः३० बजे निधन भएको जानकारी दिए । पूर्व सांसद बुढा वि.सं. १९८७ साउन १७ गते रोल्पाको थबाङमा जन्मिएका थिए । उनी नेपाली कम्युनिष्ट आन्दोलनमा एक आदर्श व्यक्तित्वको रुपमा चिनिन्छन् ।

बुढा २०४८ सालमा रोल्पाको क्षेत्र नं. १ बाट तत्कालीन जनमोर्चाको तर्फबाट सांसद निर्वाचित भएका थिए । त्यसअघि उनी थबाङको मुखिया, प्रधानपञ्च समेत थिए ।

माओवादी जनयुद्धको केन्द्र मानिने थबाङका बुढामगर रोल्पामा कम्युनिष्टको जननी मानिन्छन् । बुढा राष्ट्रका लागि महत्वपूर्ण योगदान गरे बापत दुई वर्षअघि राष्ट्रपतिबाट विभुषित भएका थिए ।उनको तीन छोरा तीन छोरी, नाति, नातिनी लगायत छन् ।

बुढा पेटको क्यान्सरबाट पीडित थिए । अघिल्लो वर्ष क्यान्सर पुष्टि भएपछि नियमित उपचारमा रहेका उनलाई बढी अप्ठ्यारो भएपछि केही दिन अघि पाटन अस्पतालमा भर्ना गरिएको थियो ।

उनको पार्थिव शरिरलाई विहान ९ बजे पाटन अस्पतालबाट निकालिने र पशुपतिस्थित विद्युतीय शव दाहमा अन्तिम संस्कार गरिने परिवारले जनाएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०