nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

एमालेमा माधव समूहले गर्‍यो समानान्तर कमिटीको गठन (सूचिसहित)

Jhalanath-khanal-1615638822.jpg

नेकपा एमालेको माधवकुमार नेपाल पक्षले संस्थापन पक्षको कार्य विभाजनलाई चुनौती दिँदै समानान्तर अभ्यास थालेको छ ।

बैठकमा संस्थापन पक्षले कारबाही गरेको सन्दर्भमा के गर्ने भनेर अधिवक्ताहरु गोविन्द बन्दी र टीकाराम भट्टराईले विभिन्न प्रावधानबारे जानकारी गराएका थिए ।

आजै एमालेका नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरुको संयुक्त वक्तव्य समेत आउने भएको छ ।

नयाँ बनेश्वरस्थित अर्याल हाेटलमा बसेकाे नेपाल पक्षकाे केन्द्रीय सदस्यहरूकाे बैठकले सात प्रदेश इञ्चार्जसहित पार्टी कामकाे संयाेजन गर्ने भनेर समानान्तर जिम्मेवारी ताेकेकाे हाे ।

नेपाल पक्षले ताेकेका इञ्चार्ज

  • प्रदेश १ : भीम आचार्य
  • प्रदेश २ : घनश्याम भुसाल
  • बागमती प्रदेश : अष्टलक्ष्मी शाक्य
  • गण्डकी प्रदेश : सुरेन्द्र पाण्डे
  • लम्बिनी र कर्णाली प्रदेश : युवराज ज्ञावली
  • सुदूरपश्चिम प्रदेश : भीम रावल
  • युवा : रघुजी पन्त
  • विद्यार्थी : गोकर्ण विष्ट
  • बुद्धिजिवी : प्रमेश हमाल
  • प्रचार विभाग प्रमुख : योगेश कुमार भट्टराई


https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)