nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 18th April, 2024
वि.स.
1000043965-1707579226.jpg

एनसेलबाट अब नि:शुल्क फेसबुक चलाउन पाइने

निजी क्षेत्रको दूरसंचार सेवा प्रदायक एनसेलले आफ्नो नेटवर्कमा फेसबुक निशुल्क बनाएको छ। फेसबुकसँगको सहकार्यमा ल्याइएको यो सेवा मंगलबार ग्राहकहरुले आजदेखि प्रयोग गर्न पाउने एनसेलले जानकारी दिएको छ। 

राजधानीमा आयोजित कार्यक्रममा एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्स र फेसबुकको एसिया प्यासेफिक क्षेत्रकी प्रमुख प्रतिनिधि तथा ग्रोथ पार्टनरशिपकी प्रमुख आन्नानाइ ग्रेनले ‘फेसबुक फ्री’ योजनाको संयुक्तरुपमा सार्वजनिक गरेका थिए ।

के के निशुल्क हुन्छ? 

एनसेलको नेटकवर्क प्रयोग गर्ने र इन्टरनेट चल्ने कुनै पनि फोनबाट फेसबुक चलाउँदा जति पनि  फोटो अपलोड गर्न, स्टाटस राख्न, अरुको फोटो,स्टाटसमा लाइक तथा शेयर गर्दा शुल्क नलाग्ने  एनसेलका प्रबन्ध निर्देशक सिमोन्सन्ले जानकारी दिए। 

 

एन्ड्रोइड अपरेटिङ सिस्टमका मोबाइल चलाउनेहरुले फेसबुकको एप र लाइट र गुगल क्रोमबाट चलाउँदा यो सेवा पाउने छन् भने ओपेराबाट चलाउँदा भने निशुल्क नहुने एनसेलले जानकारी दिएको छ। 

त्यस्तै एप्पलको आइओस अपरेटिङ सिस्टमबाट चल्ने फोनबाट भने  सफारी ब्राउजरबाटमात्र यस्तो सेवा पाइने उसले प्रष्ट पारेको छ। 

एपबाहेक अन्य ब्राउजरबाट फेसबुक चलाउँदा च्याट पनि निशुल्क गर्न पाइने छ तर म्यासेन्जरबाट भने यो सुविधा उपलब्ध नहुने एनसेलले बताएको छ। 

‘इन्टरनेट सबैका लागि’थिम अन्तर्गत एनसेलले फेसबुकसँगको सहकार्यमा ‘फेसबुक फ्रि’ ल्याएको एनसेलको दाबी छ। 

‘फेसबुक फ्री’ अफरको घोषण गर्दै  एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्स

 

 प्रिपेड तथा पोस्टपेड सबैप्रकारको प्रयोगकर्ताले पाउने यो सुविधामा फोटो हेर्न भने निशुल्क पाउने छैनन् तर कसैको प्रोफाइल फोटो भने हेर्न मिल्ने छ। 

कस्तो हुन्छ यो सुविधा? 

एनसेलको यो अफर लागु भएपछि फेसबुक पेजमा ‘गो टु फ्रि’  बटन स्वतः देखिने छ । यो बटन  क्लिकगर्ने बित्तिकै, एनसेलका ग्राहकहरुले फेसबुकको निःशुल्क संस्करणबाट फेसबुक ब्राउजगर्न सक्नेछन । 

फ्रि मोडमा हुँदा ‘गो टु पेड’ बटम देखिन्छ भने पेडमा हुँदा ‘गो टु फ्रि’   बटम देखिन्छ। त्यस्तै सोही पेजमा डाटा लिने बिकल्प पनि रहने छ। 

नेपालमा इन्टरनेट प्रायोगकर्तामा फेसबुक सबैभन्दा लोकप्रिय रहेको र त्यसमा पनि धेरैले मोबाइलबाट इन्टरनेट चलाउने भएकोले सबैलाई एकआपसमा जोड्नको लागि एनसेलले यस्तो सुविधा ल्याएका पर्किन्स््ले बताए। 

‘फेसबुकसँगको सहकार्यमाआफ्ना ग्राहककालागि यो लोकप्रिय सामाजिक सञ्जालनिःशुल्कचलाउनपाउने योजनाल्याउनपाउँदाहामीनिकै हर्षित छौं । यसले ग्राहकलाई सामाजिक सञ्जालमार्फत देश विदेशमा रहनु भएकाआफन्त, साथीभाई र परिवारजनसँग सजिलै सम्पर्कमा रहन र ईन्टरनेट सेवाको जनघनत्व बढाउन  मद्दत पुर्याउनेछ’ पर्किन्स्ले भने ।

विभिन्न अन्तर्राष्ट्रिय अध्ययनले ईन्टरनेटको पहुँच र आर्थिक वृद्धिबिच स्पष्ट सम्बन्ध देखाएको परिप्रेक्षमा एनसेल सरकारसँग सहकार्य गर्दै सन् २०२० भित्र सबै गाउँविकास समितिमा ईन्टरनेट पु¥याउने जस्ता राष्ट्रिय लक्ष्य प्राप्त गर्नमा योगदान पु¥याउन कटिबद्ध रहेको पर्किन्सको भनाईँ थियो। 

‘ईन्टरनेट कभरेजमा वृद्धि गर्दै, सुलभ दर तथानविनतम सेवामार्फत हामी यस्ता राष्ट्रिय लक्ष्यमा योगदान पु¥याउनकामगरिरहेका छौं । प्रविधि तटस्थताले कभरेज विस्तारलाई थपगतिप्रदानगर्नेछ’ फेसबुक फ्रि योजना सार्वजनिक गर्दै पर्किन्स्ल भने ।

एनसेलसँगको सहकार्यमा नेपालमा फेसबुकको सामाजिक अफर ल्याउन पाएकोमा आफूहरु हर्षित भएको फेसबुकको एसिया प्यासेफिक क्षेत्रकी प्रमुख प्रतिनिधि तथा ग्रोथ पार्टनरशिपकी प्रमुख आन्नानाइ ग्रेनले बताइन्। 

यस्तो अफरले नेपालमा थप कनेक्टिभिटी सुनिश्चित गर्दै धेरै जनतालाई  ईन्टरनेटमा जोड्न योगदान पु¥याउने उनको विश्वास छ। 

यो अफर हालको लागि फागुन ४ बाट लागु भई ९० दिनको लागि रहनेछ । 

पेड माेडमा यस्ताे देखिन्छ:

सेतोपाटीबाट