nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

उपनिवेस हटेर पनि औपनिवेशिक मानसिकता नहटेको भारत
बाबु छत्कुली

भारतमा पहिला सेतो छाला गरेका फिरिङ्गीहरुले शासन गर्थे भने अहिले कालो र रातो बर्णको छाला भएको मानिसहरुले शासन गर्छन ब्यक्ती फरक तर मानसिकता एउटै पहिला अंग्रेजको उपनिवेस थियो । अहिले त्यहि औपनिवेशिक मानसिकता कायम छ । जहिले थिचोमिचो र पेलाहा ब्यबहार गर्न उनीहरु जन्मजात सिकेर आएका छन चाहे पाकिस्तान होस् चाहे बंगलादेश होस चाहे भुटान या हाम्रै स्वतन्त्र देवभुमि नेपाल उसको ब्यबहार सधै आफु ठुलदाई र अरुलाई सानो भाइ देखाउन नै उन्मत्त छ । तर, ब्यबहार पनि सधै उस्तै तर समय परिवर्तनशिल छ परिवर्तनशील समयमा सधै सबैको अबस्था एउटी हुदैन आफ्नो आवश्यकताको आधारमा सम्बन्ध निर्धारण गरिन्छ, राखिन्छ, ब्यापार गरिन्छ । 

हामी स्वतन्त्र मुलुक हौ हाम्रा लागि कसैले कसैसग सम्बन्ध राख नराख भनेर पढाइरहनु जरुरी छ जस्तो लाग्दैन र छैन पनि । भारतीय स्वतन्त्रता संग्राममा हाम्रा हजारौ नेपालिको पसिना बगेको छ रगत बगेको छ भने कैयौले जेलजीवन बिताएका थिए  । आज पनि उसको सिमानामा हजारौ गोर्खा सैनिक तैनाथ भएर आज सिङ्गो भारत चैनको निन्द्रा लिएर मस्त सुतिरहेको छ । हाम्रा जवानहरु पसिनाको मूल्यसंग रगतको मूल्य साटिरहेको छन उनीहरुको सुरक्षाको निम्ति तर उनीहरु सधै हामी स्वतन्त्र मुलुकको  आधारभूत मूल्यमान्यता पनि निरन्तर तोडीरहन उद्दत छन ।

बारम्बार नाकाबन्दीको पिडा दिने सिमा अतिक्रमण गर्ने सिमा नाकाको नागरिकलाई हातपात गर्ने अबरोध गर्ने उनीहरुको भुमिमाथिको हकअधिकार हनन गर्ने भारतीय एस.एस.बि. को नियमिति दैनिकी नै भएको छ भूकम्पले थिलथिलो भएको नेपाली समाजलाई नाकाबन्दीको उपहार प्रदान गर्ने कथित छिमेकी पाएका हामिले २०२७ सालमा धेरै कुरामा आत्मनिर्भर रहेको नेपालमाथि नाकाबन्दी लगायो तर त्यो धेरै टिकाउ हुन् सकेन । यसकारण कि केहि सिमितता मात्र थिए हामीहरु उनीहरुप्रति आश्रीत हुनुपर्ने लगतै २०४२ सालमा कठोर नाकाबन्दीको सामना गर्नु पर्यो त्यसले समाजमा धेरै ठुलो उथलपुथल नल्याए पनि धेरै दैनिकीहरु प्रभावित हुन् पुगेका नै थिए । तर पनि राजनीतिक ब्यबस्था परिवर्तन सग लगाइएको नाकाबन्दी अन्य राजनीतिक दलले गम्भीर रुपमा उठान नगर्दा त्यो अन्तरास्ट्रीयकारण हुन् सकेन भने २०७२ बैशाख १२ को आतातायी भूकम्प गएको ६ महिना पनि नबित्दै आफ्नो स्वार्थ सिद्द नहुने र नभएको संबिधान जारि गरेको भन्दै बर्बारक नाकाबन्दी लगायो जसको मार हाम्रो पुस्ताले नराम्रारी चुकाउनु पर्यो तर रास्ट्रवादी केपी शर्मा ओली प्रधानमन्त्री भए लगत्तै मृत भएर बसेका सपनाहरुलाई जाग्रीत गर्ने गराउने काम भयो । ठुला ठुला योजना निर्माणको कुरा भए नीति तथा कार्यक्रममा समेटीए भने उत्तरी छिमेकसंग बिभिन्न नाका खोल्ने पहलकदमी हुन् थाले भने नाकाबन्दी नखोली बार्ता नगर्ने प्रधान्मन्त्री केपी ओली ज्युको अडान र उहाको कार्य कदमप्रति भारत आफै अतालिएर नाकाबन्दी खोल्न पुगेको इतिहास धेरै भएको छैन ।

बर्तमानमा कालापानी लिपुलेख र लिम्पियाधुरा नेपालि भूभाग भएको येथेस्ट प्रमाण हुदा हुदै ठुल्दाई पाराको मिच्चाई असहैय छ, स्वतन्त्र र सार्वभौम देशको लागि आफ्नो माटो र जनता नै राष्ट्रियताको परिचायक हुन् यस्मा दुईमत हुन सक्दैन आज नेपालमा ओलितन्त्र छ, गर्ववान्वित सरकार छ । स्वाभिमानसंग सौदा नगर्ने राष्ट्रवादी सरकार छ भने एक्काइसौ शताब्दिमा आएर अठारौ शताब्दीको जस्तो मानसिकता बोकेर हिडेको भारत यो मुद्दाबाट पछी हटि हाम्रो भुमि हामीलाई फिर्ता गरि आफ्नो सैनिक र क्याम्प हटाउनुमा नै भारतको बुद्धिमत्ता हुने छ भने येसरी समस्या हल गर्दा नै कुटनितिक परिपक्वता झल्कने र आपसी बन्धुत्व र भाइचारा कायम हुने देखिन्छ ।