nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

आयो अमिरको 'यो मनले के भन्छ' गित ( हेर्नुहोस भिडियो सहित)

स्थानीय गायक अमिर भोम्जनको नयाँ गित सार्वजनिक भएको छ । भिमफेदी गाइजको रोमान्टिक डान्सको भिडियोमा आएको 'माया भन्ने कुरा' गित सार्वजनिक भएको केहि समय मै उनको यो गीत सार्वजनिक भएको हो । बसन्त सापकोटाले संगीत भरेको उक्त गीतमा अमिर भोम्जनकै शब्द र स्वर रहेको छ । यो मनले के भन्छ गीत बसन्त सापकोटा को  युट्युब च्यानलमा राखिएको छ ।

'आमा' गीतबाट आफ्नो संगीतको यात्रा सुरु गरेको अमिरको 'हारेको छैन मन' र 'माया भन्ने कुरा' बोलको गीत पनि युट्युवमा सार्वजनिक भैसकेको छ । उनको 'दैवले मलाई' , 'मलाई निन्द्रामा जिस्काउछ' , 'घुम्न आउँदा आउँदै' र 'मेरो दुखमा साथ दिने' , बोलको गीत छिट्टै नै आउने तयारीमा रहेको छ ।

 वि. सं. २०५६ फागुन २५ गते जन्मिएको अमिर जन्मजात नै शारीरिक रुपमा अशक्त भए पनि आफ्नो परिवारको साथ र सहयोगमा चित्रकला, साहित्य र संगीतको यात्रालाई अघि बढाइरहेको छ । शारीरिक अशक्तताको बाबजुद पनि आफ्नो लक्ष्य हासिल गर्न तत्पर रहेका अमिरको जीवनीले जो सुकैलाई हौसला मिल्दछ । उनको जन्म उत्तरी मकवानपुरको थाहा नगरपालिका वडा नं २ खानीगाउँमा भएको हो ।

हेर्नुहोस भिडियो



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।