nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

अमेरिकी डीभी चिठ्ठाको आवेदन आज रातिदेखि खुल्दै, यसरी भर्न सकिन्छ

EDV-Electronic-Diversity-1696428281.jpg

सन् २०२५ को अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (ईडीभी) कार्यक्रमको लागि बुधबारदेखि आवेदन खुल्दैछ । नेपाली समय अनुसार १७ असाेज राति ९:४५ बजेबाट आवेदन दर्ता सुरु हुने काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ

डिभी २०२४ का विजेताहरुले सन् २०२४ को सेप्टेम्बर ३० सम्म भिसा प्राप्त गर्नसक्नेछन् भने नतिजा सन् २०२३ को मे महिनामा आउनेछ । विगतमा डिभी लोटरीमा सहभागी भएकाहरुले पनि यसपटक डिभी भर्न सक्नेछन् । साथै यसपटक डिभी लोटरीमा सहभागी हुनका लागि पासपोर्ट अनिवार्य छैन ।

अमेरिकी विदेश मन्त्रालयले वार्षिक रूपमा वैधानिक रूपमा सिर्जित डाइभर्सिटी आप्रवासी भिसा कार्यक्रमसञ्चालन गर्ने गर्दछ । आप्रवासन तथा राष्ट्रियतासम्बन्धी ऐनको दफा २०३(सी) ले ऐतिहासिक रूपमा कम दरमा संयुक्त राज्य अमेरिका आप्रवासन गर्ने देशका व्यक्तिहरूलाई “डाइभर्सिटी आप्रवासी” का रूपमा एक वर्गको हैसियत प्रदान गर्ने व्यवस्था गरेको छ । आर्थिक वर्ष सन् २०२४ का लागि ५५,००० ओटासम्म डाइभर्सिटी भिसा (डिभी) उपलब्ध गराइनेछ ।

डिभीका लागि दर्ता गर्न कुनै शुल्क लाग्दैन । कार्यक्रमका लागि छनोट हुने आवेदकहरू (विजेताहरू) ले डिभी कार्यक्रमका लागि योग्य हुनका निम्ति सरल तर कडा योग्यताका मापदण्डहरू पूरा गर्नुपर्छ । डिभीका उम्मेदवारहरूको चयन कम्प्युटरद्वारा विनाक्रमबद्ध तरिकाले गरिन्छ । भिसाहरू छ भौगोलिक क्षेत्रमा वितरण गरिन्छ र हरेक क्षेत्रमा कुनै पनि एक देशले कुनै पनि एक वर्षमा उपलब्ध हुने डिभीको सात प्रतिशत सङ्ख्याभन्दा बढी भिसा प्राप्त गर्ने छैन ।

योग्यता
आवश्यकता # १ :  जुन देशको अमेरिकामा आप्रवासनको दर ऐतिहासिक रूपमै न्यून छ  त्यस देशका नागरिक डिभीमा सहभागी हुन योग्य छन् ।

यदि तपाईँ अमेरिकामा आप्रवासनको दर ऐतिहासिक रूपमै न्यून भएको देशको नागरिक होइन भने तपाईँले अन्य दुई तरिकामार्फत सहभागी हुन पाउनुहुन्छ :
– के तपाईँको पति/ पत्नी अमेरिकामा आप्रवासनको दर ऐतिहासिक रूपमै न्यून भएको देशको नागरिक हो ? यदि योग्य ठहरिई अनि डिभी भिसा प्राप्त भएमा तपाईँले आफ्नो पति वा पत्नीको जन्मदेशको नागरिकताको हक दाबी गर्न सक्नुहुन्छ – तर तपाईँ र तपाईँको पति÷पत्नी छनोटमा परी भिसा प्राप्त गरी एकैसाथ अमेरिका प्रवेश गर्नु पर्दछ ।

– के तपाईँ त्यस्तो देशको नागरिक हो जसको अमेरिकामा आप्रवासनको दर ऐतिहासिक रूपमै न्यून छैन तर तपाईँका दुबै आमाबुबा तपाईँको जन्म भएको बेला उक्त देशमा वैध रूपमा बसोबास गरिरहेका थिएनन् ? यदि हो भने तपाईँले आफ्नो आमाबुबाको जन्मदेशको नागरिकताको हक दाबी गर्न सक्नुहुनेछ ।

आवश्यकता # २ : हरेक डिभी आवेदकले डिभी कार्यक्रमका लागि निम्न शैक्षिक वा कार्य अनुभवको आवश्यकता पूरा गरेको हुनु पर्दछ :
– माध्यमिक तहको शिक्षा वा त्यसको समानार्थ शिक्षा जसको अर्थ प्राथमिक र माध्यमिक गरी १२ वर्षे औपचारिक शिक्षा सफलताका साथ पूरा गरेको ।

– वा तपाईँसँग विगत पाँच वर्षमा दुई वर्षको कामको अनुभव हुनु पर्दछ – त्यस्तो काम जसको लागि कम्तीमा दुई वर्षको तालिम वा अनुभव आवश्यक पर्दछ । तपाईँको कामको अनुभव योग्य भए नभएको निर्धारण युएस डिपार्टमेन्ट अफ लेबर (अमेरिकी श्रम मन्त्रालय) को O*Net OnLine को डेटाबेसद्वारा गरिनेछ ।

कार्यानुभव डिभीका लागि योग्य हुने नहुनेबारे थप जानकारीका लागि बारम्बार सोधिने प्रश्नहरूमा हेर्नुहोस् ।

यदि तपाईँको दुबै आवश्यकता पूरा हुँदैन भने डिभीका लागि आवेदन हाल्नु हुँदैन ।

आवेदन अवधि
डिभी २०२४ को लागि आवेदन हाल्नका लागि dvprogram.state.gov मा गई अक्टोबर ५ देखि नोभेम्बर ८ सम्म इलेक्ट्रोनिक रूपमा दर्ता गर्नु पर्दछ ।  म्याद नाघेपछिको आवेदन वा कागजीय आवेदन स्वीकार गरिने छैन । एक आवेदन अवधिमा एउटा व्यक्तिले एउटा मात्र आवेदन पेश गर्न मिल्ने कानुनी व्यवस्था गरेको छ । अमेरिकी विदेश मन्त्रालयले एकभन्दा बढी आवेदन परे नपरेको पत्ता लगाउन सुविज्ञ प्रविधिको प्रयोग गर्दछ । एकभन्दा बढी आवेदन पेश गरेमा तपाईँ डिभीका लागि अयोग्य ठहरिनुहुनेछ ।

डिभी–२०२४ कार्यक्रमका लागि विद्युतीय आवेदन दर्ता गर्ने प्रक्रिया

http://dvprogram.state.gov/ मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा आवदेन फारम (ई–डिभी आवेदन फारम वा DS-5501 ) भर्नुहोस् । आंशिक रूपमा भरिएका वा अन्य माध्यमबाट पठाइएका आवेदनहरूलाई स्वीकारिने छैन । अन्लाइन आवेदन फारम बुझाउनका लागि कुनै शुल्क लाग्दैन । आवेदन भर्दा सबैभन्दा नयाँ ब्राउजर प्रयोग गर्नुहोला । पुराना ब्राउजर (उदाहरणका लागि इन्टरनेट एक्सप्लोरर ८) प्रयोग गर्दा अनलाइन डिभी प्रणालीमा समस्या आउनसक्छ ।

तपाईँलाई “भिसा कन्सल्टेन्ट,” “भिसा एजेन्ट” वा अन्य व्यक्तिमार्फत आफ्नो आवेदन नभराउन विशेष अनुरोध गरिन्छ । यदि तपाईँले आफ्नो आवेदन भर्न कसैको मद्दत लिँदै हुनुहुन्छ भने आवेदन भर्ने समयमा तपाईँ साथमा उपस्थित हुनु पर्दछ ताकि तपाईँले “कन्फर्मेशन पेज” र आफ्नो “युनिक कन्फर्मेशन नम्बर” र कन्फर्मेशन स्क्रिनको प्रिन्ट प्रति प्राप्त गर्न सक्नुहुनेछ । तपाईँले आफ्नो कन्फर्मेशन पेज र आफ्नो युनिक कन्फर्मेशन नम्बर सुरक्षित राख्न अत्यन्त जरुरी छ ।

बेइमान भिसा सहजकर्ताहरूले आवेदकहरूको आवेदनमा सहयोग गर्ने, उनीहरूको कन्फर्मेशन पेजको प्रिन्टआउट राख्ने, र त्यसपछि कन्फर्मेशन नम्बरको बदलामा थप रकम माग्ने गरेको जानकारीमा आएको छ । यस्तो सूचनाबिना तपाईँले आफ्नो आवेदन कुन प्रक्रियामा छ भनी अन्लाइनमार्फत हेर्न सक्नुहुन्न । यदि कसैले तपाईँको कन्फर्मेशन पेज र युनिक कन्फर्मेशन नम्बर सुरक्षित राखिदिने प्रस्ताव गरेको खण्डमा सतर्क रहनुहोस् ।

ई–डिभी भर्दा प्रदान गरिएको ईमेल खाता र त्यसमा आफ्नो पहुँच कायम राख्नुहोला । तपाईँ डिभी भिसासम्बन्धी परिचयात्मक भिडियो पनि हेर्न सक्नु हुनेछ। अनि पाइला–पाइला अनुसारको सुझाव लिई तपाईँलाई आवेदन गर्न सहयोग पुग्नेछ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)