Saturday, 29th June, 2024
वि.स.

२०७९/०८०मा थाहाको बेरुजु ०.६३ प्रतिशत

365316490_763098975818028-1716806806.jpg

आर्थिक वर्ष २०७९/८० मा थाहा नगरपालिकाको बेरुजु एक प्रतिशतभन्दा कम रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/८० मा थाहाको बेरुजु ०.६३ प्रतिशत रहेको छ । 

मकवानपुरका ८ वटा पालिका भन्दा कम बेरुजु देखिएको थाहा नगरपालिकाले छिमेकी इन्द्रसरोबर गाउँपालिकालाई भने उछिन्न सकेन । इन्द्रसरोवर गाउँपालिकाको बेरुजू ०.२४ प्रतिशत मात्र छ । मकवानपुर जिल्लामै सबैभन्दा कम बेरुजू भएको पालिका इन्द्रसरोवर गाउँपालिका हो । कम बेरुजु हुनेमा थाहा नगरपालिका मकवानपुरमा दोस्रो स्थानमा छ ।

महालेखा परीक्षकको कार्यालयले १३ जेठमा राष्ट्रपतिलाई बुझाएको ६१ औं प्रतिवेदनमा मकवानपुरमा सबैभन्दा बढि बेरुजू बकैया गाउँपालिकाको रहेको पाइएको छ । बकैयाको कुल लेखापरीक्षण रकमको २.९३ प्रतिशत बेरुजू कायम भएको छ ।

मकवानपुरमा हेटौंडा उपमहानगरपालिकाको १.८८ प्रतिशत, कैलाश गाउँपालिकाको १.४७ प्रतिशत, भीमफेदीको १.१३ प्रतिशत, मकवानपुरगढीको ०.७८ प्रतिशत, मनहरीको १.४२ प्रतिशत, राक्सिराङको १.५० र बागमती गाउँपालिकाको २.११ प्रतिशत बेरुजू कायम भएको प्रतिवेदनमा उल्लेख छ ।
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)