Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

अब लक्षण भएका संक्रमितलाई मात्र अस्पताल भर्ना गरिने (हेर्नुहोस मन्त्रीपरिषद निर्णयको पूर्णपाठ)

Hospital-1598017035.jpg

अब लक्षण भएका कोरोना भाइरस संक्रमितलाई मात्र कोभिड–१९ उपचारका लागि  तोकिएको अस्पतालहरुमा राखिने भएको छ । पछिल्लो समय संक्रमण बढेसँगै अस्पतालमा बेड अभाव हुन थालेपछि सरकारले लक्षण भएकाहरुलाई मात्र अस्पताल भर्ना गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को ४ भाद्रमा बसेको बैठकले लक्षण नभएका संक्रमितलाई आइसोलेसन सेन्टरमा राख्ने निर्णय गरेको छ । यसका लागि काठमाडौं उपत्यकामा ६ हजार बेडको आइसोलेसन सेन्टर बनाउने सरकारको निर्णय छ ।

लक्षण नभएका तथा सामान्य लक्षण भएकाहरु होम आइसोलेसनमा बस्न सक्ने अवस्था भए त्यसका लागि स्वास्थ्य मन्त्रालयले तोकेको निकायले अनुमति दिनुपर्नेछ । त्यसको अनुगमन भने स्थानीय तहले अनुगमन दिनेछन् । प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयहरुलाई पनि जोखिमको मूल्यांकन गरेर आइसोलेसन सेन्टरहरु बनाउन भनिएको छ ।

हेर्नुहोस भदौ ४ को मन्त्रीपरिषद निर्णयको पूर्णपाठ:

 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०