Saturday, 27th July, 2024
वि.स.

अफ्रिकी गायिकाले गाइन् नेपाली गीत ‘फुल बुट्टे सारी’ (भिडियो)

नेपाली गीत ‘फुल बुट्टे सारी’ अफ्रिकी गायिकाले पनि गाएकी छिन्। सुरुमा मिङमार लामा, त्यसपछि महिला भर्सनमा मिलन नेवार र त्यसपछि चर्चित हाँस्यव्यंग्य कलाकार मदन कृष्ण श्रेष्ठले ‘फुल बुट्टे सारी’ लाई गाएका थिए ।

यस गीत नेपालमा पछिल्लो समय निकै लोकप्रिय बनेको छ । राजन राज सिवाकोटी लेखेको यस गीतलाई उनैले संगीत पनि भरेका हुन् ।

हाल अफ्रिकी गायिका डि क्याप्टेन बियोन्से फामेसीले यो गीत गायकी हुन्। उनले कभर गरेको गीतलाई पनि मानिसहरुले निकै मन पराएका छन्। बियोन्सेले अफ्रिकाबाट नेपाललाई मायाको चीनो स्वरुप यो गीत गाएको बताएकी छिन्।

भिडियो: