nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

‘छक्का पन्जा’ पाइरेसीको आरोप लागेका युवकले गरे आत्महत्या

२९ पुस, काठमाडौं । चर्चित चलचित्र ‘छक्का पन्जा’को पाइरेसी गरेको आरोप लागेका युवकले आत्महत्या रेका छन् ।

नवलपरासी घर भई काठमाडौं-९ भिमसेनगोलको विजयचोकमा बस्दै आएका २५ वर्षका कृष्ण सुवेदीले बिहीबार साँझ आत्महत्या गरेका हुन् । प्रहरीका अनुसार उनले डेराको फ्यानको सिलिङ गलबन्दीको पासो लगाएर आत्महत्या गरेका हुन् ।

नवलपरासीबाट परिवार काठमाडौं आएपछि शुक्रबार विहान मुचुल्का गरिएको छ र शव आफन्तले बुझेका छन् । ‘हामी नआएसम्म सिन्को पनि नसार्नु भनेपछि हामीले केही गरेनौं, परिवार आएपछि मात्र मुचुल्का गरिएको छ,’ गौशालाका डीएसपी नवराज कार्कीले भने ।

सुवेदीले सुसाइड नोट पनि लेखेका छन् । जसमा आफ्नो आत्महत्यामा कसैलाई दोष नदिनू भनिएको छ भने बैंकमा रहेको एक लाख रुपैयाँ बहिनीलाई दिनू भनिएको छ ।

तर, उनको सुसाइड नोटमा छक्का पन्जा पाइरेसीको आरोपबारे भने केही लेखिएको छैन ।

चलचित्र पाइरेसीबारे अनुसन्धानका क्रममा महानगरीय प्रहरी अपराध महाशाखाले उनीसहित चार जनासँग समान्य सोधपुछ गरेको थियो । तर, पाइरेसी गर्ने व्यक्ति अर्कै भएको र उनीहरुको संलग्नता नदेखिएकाले सचेत गराएर मात्र छाडेको महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले अनलाइनखबरलाई बताए ।